July 13 - 2024, Saturday३० असार २०८१, शनिबार

अस्थायी आवासमा पहिरो खस्दा बालकको मृत्यु

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
भुकम्पले घर भत्किएपछि भेरी नगरपालिका ५ इवरका कैलास विकको परिवार घर नजिकैको काल्ना मुन्तिर अस्थायी टहरा बनाएर जेनतेन गुजरा चलाइरहेको थियो । त्यही टहरामा परिवार सुतिरहेको थियो तर सोमवार विहान आएको पहिरोले टहरा पुर्दा ५ बर्षिय नातीको ज्यान गयो । आइतवार रातभरी पानी परेको र विहानै पहिरोले घर पुर्दा रमेश विकका छोरा ५ बर्षका पिन्स विकको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

रमेशको तत्काल उद्धार गरियो । उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भैरहेका जिल्ला प्रहरी प्रमुख पुरुषोतम प्रसाद पाण्डेले बताए । विहान उज्यालो भैसकेकाले ६ जनाको परिवारका अरु सदस्य भागेर ज्यान जोगाएका थिए । भुकम्पले जमिन हल्लाएको र धेरै जसो अस्थायी आवास डाँडापाखा र जोखिमपुर्ण ठाँउमा भएका कारण ठुलो पानी पर्ने वित्तिकै स्थानिय त्रसित हुने गरेका छन् । बर्षातको समयमा जतिवेला पनि बाढी पहिरो जान सक्ने भन्दै सवैलाई सचेत रहन स्थानिय प्रशासनले आग्रह गरेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad