गजल १
पहिला जे हुन्छ सहुला बुझाउला भन्दै सहमत गर्छे ।
अहिले आएर फेरी सानो कुरामा अड्डाअदालत गर्छे ।
बुढी सासु आमा सङ्ग जुहारी खेल्न जानेकी बुहारी,
चौकी सम्म पुग्दा किन बालिका हु भनेर नाटक गर्छे ।
सिकाउनेले पनि कस्तो सस्कार सिकाई पठाए छन,
न आफ्नो ख्याल गर्छे,न त अरुकसैको इज्जत गर्छे ।
जस्ले बर्सौ देखि हाम्रो बिरुद्धमा कुरा काट्दै हिडे,
फेरी उनकै जयजयकार गर्छे, उनकै पछि संगत गर्छे ।
आजकाल धेरै भयो, गाउँघरको सम्झना दिनरात आउँछ ।
अक्सर तिमी सङ्गै गोठाको गएको, मलाई झनयाद आउँछ ।
उता घरमा बुढिआमा बिरामी भएको खबर पठाउछिन प्यारी,
आफ्नो भने यता प्रदेशमा न छुट्टी मिल्छ न त हिसाब आउँछ ।
भुकम्प आयो, पीडा सबथोक आयो तर सरकार आएन,
बरु चामलको सट्टामा भोकमारी लिएर सधै अभाब आउँछ ।
आमा बिर्सिएको, देश बिर्सिएको एउटा जवान सन्तानलाई,
मन बिथोल्न किन बारम्बार उस्कै ठेगानामा गुलाफ आउँछ ।
हेर यहाँ पर्खिदा पर्खिदै बिकासको नाममा एक युग बित्यो
फेरि आफ्नै दाजु भाइ लडाउन त बर्सौ साल चुनाब आउँछ ।
( गजलकार भेरी नगरपालिका – ५ छिप्रेना, जाजरकोट निवासी हुन् ।)
Prabaha
सम्बन्धित पोस्टहरू
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित पत्रकार तथा सञ्चार माध्यमलाई प्रेस काउन्सिल
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
टुकमाया घर्ती । जाजरकोट नौ बुदे जाजरकोट घोषणापत्र जारी गदै नेपाल पत्रकार महासंघ जाजरकोटको ७
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट बारेकोट गाउँपालिका —०२ रोकायगाउँकी सुनिता विकको घर गत कार्तिक १७ गतेको
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
प्रवाह संवाददाता । जाजरकोट भूकम्पले क्षति पुर्याएको बारेकोट गाउँपालिकाको भगवती माबिलाई अष्ट्रियामा बस्ने नेपालीहरुले नगद
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेश शर्मा नेपाली शिक्षकहरुले वलिदान गरि पेशागत शिक्षक संगठन खोल्न पाउने अधिकार प्राप्त गरेको दिनको
- पोस्ट गरिएको मिति :
- Prabaha : द्वारा पोस्ट गरिएको
राजेन्द्र कार्की । जाजरकोट नेकपा (एमाले) जाजरकोटको अध्यक्षमा नरेन्द्र कुमार शाही निर्वाचित भएका छन ।