भेरीको मेयरकप शिवशंकर माविलाई

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
भेरी नगरपालिकाले सञ्चालन गरेको अन्तर माद्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड एवं पाँचौं मेयर कपको उपाधी शिवशंकर माद्यामिक विद्यालय जगतिपुरले जितेको छ ।
भेरी त्रिवेणी माद्यामिक विद्यालय रिम्नामा माघ १७ गते देखि सुरु भएको राष्ट्रपति रनिङ्ग शिल्ड एवं पाँचौं मेयर कपमा शिवशंकरले १६ स्वर्ण सहित २४ पदक जित्दै उपाधी हात पारेको हो ।

सो विद्यालयले १६ स्वर्ण, ४ रजत, ४ कास्य गरी जम्मा २४ पदक प्राप्त गरी प्रथम स्थान हासिल गरेको हो । भेरी त्रिवेणी माद्यामिक विद्यालय रिम्नाले ४ स्वर्ण, ७ रजत, ५ कास्य गरी १६ पदक प्राप्त गरी द्धितिय स्थान प्राप्त गरेको छ भने, त्रिभुवन माद्यामिक विद्यालय खलंगाले ४ स्वर्ण , ४ रजत , ४ कास्य गरी जम्मा १२ पदक प्राप्त गरी तृतिय स्थान हासिल गरेको भेरी नगरपालिका शिक्षा, यूवा तथा खेलकुद शाखा प्रमुख अमृत पुनले जानकारी दिए । छात्रा कपर्दीमा सरस्वती मावि पुन्मा, छात्र कपर्दी र छात्रा भलिबलमा त्रिभुवन मावि खलंगा र छात्र भलिबलमा भेरी त्रिवेणी मावि रिम्नाले प्रथम स्थान हासिल गदै उपाधी जितेका हुन् । नगरभित्रका ११ माध्यमिक विद्यालय सहभागी रनिङ्ग शिल्डमा एथेलेष्टिक, भलिबल, कपर्दी, सटपुट, लङ्गजम्प, हाइजम्प, ज्याभलिङथ्रो लगायतका खेल समावेश गरिएको थियो । विजेता विद्यालयलाई नगद सहित शिल्ड, खेलाडीलाई मेडल र प्रमाणपत्र नगरप्रमुख चन्द्रप्रकाश घर्तीले प्रदान गरेका थिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad