June 23 - 2024, Sunday१० असार २०८१, आईतवार

जाजरकोटका भुकम्प पिडित ९० जना युवालाई बैदेशिक रोजगारीको अवसर

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
भेरी नगरपालिका २ दारनेटाका २१ बर्षिय विवेक कार्की रोजगारी नपाएर भौतारिरहेका थिए । भुकम्पले घर ढल्यो । भतिजी (दाईको छोरी) भुकम्पमा परि ज्यान गयो । अस्थायी टहरामा बस्दै आएका उनी वेरोजार भएपछि कता जाने ? के गर्ने ? अन्यौलमा थिए । शोकमा रहेका विवेकका लागि शुक्रवार भने खुसीको दिन थियो । भुकम्प प्रभावित क्षेत्रका युवाहरुलाई बैदेशिक रोजगारको अवसर दिलाउन जाजरकोट आईपुगेका इन्टरनेशनल मेनपावर रिकृटमेन्टका प्रतिनिधी सँग भेट भयो । पासपोर्ट देखाए । सामान्य अन्र्तवार्ता भयो । उनी निशुल्क मलेशिया जाने युवाहरुको सुचीमा छनौटमा परे ।

छनौट भएपछि उनको खुसीको सीमा नै छैन । भन्छन्–‘भिसा लगाउनका लागि काठ्मान्डौ धाउनुपर्ने, दलालीको फन्दामा पर्ने डर, पैसा धेरै लाग्ने लगायतका समस्याका कारण उनले भिसा लगाउने प्रक्रियामा सामेल हुने आँट समेत गर्न सकेको थिएन । आफ्नै जिल्लाबाट आफ्नो कुनैपनि लगानी विना जाने अवसर पाउँदा खुसी लागेको छ ।’ पासपोर्ट बनाएर ठिक्क भएका उनी बैदेशिक रोजगारीका लागि मलेशियाको सेन्टर मेडिकेयरमा मेडिकल ग्लोब्स् रोजगार कम्पनीका लागि उनी छनौट भए । कम्पनीका प्रतिनिधी जाजरकोटमै आएर सवै कागजात लिएका गएका छन् । मेडिकल लगायतका प्रक्रिया पुरयाउन उनी काठ्मान्डौ जाने तयारीमा छन् । काठ्मान्डौ जान आउ जाउ गर्न र खानाबस्न पनि कम्पनीले नै ब्यहोर्ने भएको छ । फ्रि भिसा, फ्रि टिकटमा उनी केही समय भित्र मलेशिया जाने तयारीमा छन् ।

कुशे गाँउपालिका ९ पैकका २४ बर्षिय धिरेन्द्र कामी पनि मलेशिया जाने तयारीमा छन् । भुकम्पपछि घर भत्किएर घरवार विहिन भएका उनीको बसाई त्रिपालमा छ । घरमा कमाउने मान्छे नभएपछि उनको परिवारको आर्थिक अवस्था निकै नाजुक रहेको छ । बैदेशिक रोजगारीमा जाने इच्छा नभएको पनि होइन तर रकम धेरै लाग्ने भन्दै उनी घरमै थिए । बरु भिसा लगाउन नपर्ने सहज रुपमा जान सकिने कालापहाड(भारत) जाने सोचमा थिए । कुनै शुल्क नलिएरै मलेशिया पठाउने कम्पनी जिल्लामा आएको र युुवाहरु छनौट गर्न थालेको जानकारी पाएपछि उनी सदरमुकाम खलंगा आए । खलंगा आएर पासपोर्ट देखाए । फारम भरे । उनी छनौटमा परे । केही दिन भित्र काठ्मान्डौ आउनका लागि निम्ता पाए । उनी केही समय भित्र बैदेशिक रोजगारीका लागि मलेशिया पुग्नेछन् ।

विवेक र धिरेन्द्र प्रतिनिधी पात्र मात्र हुन् । उनीहरु जस्तै ९० जना युवाहरुले बैदेशिक रोजगारीको अवसर पाएका छन् । भुकम्प प्रभावित क्षेत्रका युवाहरुलाई लक्षित गरि जाजरकोटबाटै ति युवाहरुलाई छनौट गरेर लिने प्रबन्ध मिलाईएको हो । सकारात्मक सोचका प्रशिक्षक नरबहादुर कार्कीको समन्वयमा इन्टरनेशनल मेनपावर रिकृटमेन्ट कम्पनी युवाहरुलाई बैदेशिक रोजगारीको अवसर जुटाएको हो । भुकम्प प्रभावित र दुर्गम क्षेत्रका युवाहरुका लागि मेलेशियाको सेन्टर मेडिकेयर एसडिएन विएडी कम्पनी सँग कुरा गरेर फ्रि भिसा, फ्रि टिकटमा बैदेशिक रोजगारको अवसर मिलाईएको कम्पनीका प्रतिनिधी प्रणय राईले बताए । मलेशियन रोजगारदाता कम्पनीका प्रतिनिधी माइग्रेसन दृष्टीको उपस्थितिमा करीब दुई सय युवाहरु मध्यबाट पहिलो चरणमा ९० जना युवा छनौट गरिएको राईले बताए ।

कतिपयको पासपोर्ट नभएको, कतिपयको म्याद सकिएको, कतिपयको उमेर हद नाघेको लगायतका समस्याले गर्दा सम्पर्कमा आएका युवाहरुलाई पनि छनौट गर्न नसकिएको उनको भनाई छ । करीब तीन सय ९० जना सम्मलाई बैदेशिक रोजगारीका लागि लान सकिने गरि कुरा अघि बढाईएको र रोजगारदाता कम्पनी पनि राजी भएको इन्टरनेशनल मेनपावर रिकृटमेन्टका प्रमुख वाइवी राईले बताए । भुकम्पका कारण दुःखमा परेका धेरै वेरोजगार युवाहरुको वैदेशिक रोजगारमा पहुँच नपुग्ने भएकोले अघिकांश युवाहरु भारतमा गएर सस्तोमा श्रम गर्न बाध्य छन् । भारत गएर सस्तोमा श्रम गर्नु भन्दा मलेशियामा गएर अलि बढी कमाई हुने भएकोले आवश्यक पहल गरिएको सकारात्मक सोचका प्रशिक्षक नरबहादुर कार्कीले बताए । युवाहरुले मलेशियाको उक्त कम्पनीमा प्लाष्टिकका ग्लोब्स बनाउने काम गर्नुपर्नेछ । उनीहरुको तलब ५० हजार माथि नै हुने कम्पनीले जनाएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad