अस्थायी आवासका लागि खर काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु

lagu ausadhi biruddha abhiyan jajarkot

हेमन्त कुमार खत्री । जाजरकोट
जाजरकोटमा अस्थायी टहरा बनाउन खर काट्न गएकी एक महिलाको भीरबाट लडेर ज्यान गएको छ । भुकम्पले घरमा क्षति भएपछि त्रिपालमा बस्दै आएकी नलगाड नगरपालिका १० कि ३४ बर्षिया रमिता भण्डारीको भीरबाट लडेर ज्यान गएको स्थानिय किशोर मल्लले जानकारी दिए । उनका अनुसार अस्थायी आवास निर्माणका लागि जंगलमा खर काट्न गएको बेला शुक्रवार दिउसो लडेर ज्यान गएको हो । उनी भीरबाट करीब दुई सय मिटर तल खसेकी थिईन । टाउकोमा चोट लागेकी उनको घटनास्थलमै मृत्यु भएको हो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad