राजेन्द्र कार्की । जाजरकोट
योग गुरु रामदेवले जाजरकोटका भुकम्प पिडितलाई आठ ट्रक राहत सामग्री पठाएका छन् । पतंञ्जली योग पिठ हरिद्धार उत्तराखण्ड भारतबाट विभिन्न राहत सामग्री लिएर सोमवार आठ ओटा ट्र«क जाजरकोट आईपुगेका हुन् । ति सवै ट्रक सात स्थानिय पालिकामा पुगेर सोमवार वितरण हुनेछन् ।
स्वामी रामदेव जी महाराज र आचार्य बालकृष्ण जी को तस्वीर अंकित राहत सामग्री बोकेका ट्रकमा आपदा राहत सामग्री नेपालको मुकंप पीडित भाई बहनों नेतु निः शुल्क सेवार्थ भनेर लेखिएको छ । उक्त राहत सामग्री लिएर पतंञ्जली योग समिति नेपालका अध्यक्ष लबदेव जी आएका छन् । उनका अनुसार आठ ओटा ट्रकमा ५० टन राहत सामग्री रहेको छ । करीव दुई करोड रुपैया बरावरको उक्त राहत सामग्रीमा त्रिपाल, कम्बल, भाँडावर्तन, खाद्यान्न, लत्ताकपडा लगायतका सामग्री रहेको छ । ६ हजार भन्दा बढी परिवारका लागि आवश्यक पर्ने खाद्यन्न र गैरखाद्य सामग्री रहेको अध्यक्ष लबदेवले बताए ।
विपत्तीको बेला मानविय सेवा गर्ने हेतुले गुरुजी स्वामी महाराज रामदेव जी को अग्रसरतामा राहत सामग्री आएको उनले बताए । यसका साथै पताञ्जली योग समिति नेपालले भुकम्प गएको दुई दिन पछि जाजरकोटका तीन स्थानमा निशुल्क भोजनको ब्यवस्था गरिरहेको छ । भेरीको खलंगा र नलगाडका चिउरी तथा कैनामा विहान बेलुका खाना खुवाईरहेको छ । मेस संचालन गरेर दैनिक दुई हजार जनालाई खाना खुवाईरहेको अध्यक्ष लबदेवले बताए । पतञ्जली योग समितिले भुकम्प पिडितलाई खाना खुवाएपछि निकै राहत भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । उनले आपत विपदको बेला रामदेव गुरुले आठ ट्रक राहत सामग्री पठाएर नेपालीलाई ठुलो गुण लगाएको बताए ।