कुशेका राम शाहीलाई यस बर्षको राष्ट्रिय शिक्षा पुरस्कार प्रदान

राजेन्द्र कार्की । जाजरकोट

राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा जाजरकोटका शिक्षक रामबहादुर शाहीले राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेका छन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कुशे ७ समाकोटका प्रधानाध्यापक शाहीले उत्कृष्ट कार्य सम्पादन गरेवापत नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा दिवसको अवसरमा जाजरकोट जिल्लाबाट सामुदायिक विद्यालयका शिक्षक मध्य यस बर्षको शिक्षा पुरस्कार शाहीलाई प्रदान गरेको हो ।

सिकाई उपलब्धी राम्रो गरेको, शिक्षक विद्यार्थी उपस्थिति दर उत्कृष्ट रहेको , बालमैत्री सिकाई र गुणस्तरीय पठनपाठन गरि विद्यालयलाई उत्कृष्ट बनाउन सफल भएको कारण शाहीलाई पुरस्कारका लागि सिफारिस गरिएको सामाजिक विकास कार्यालय जाजरकोटका प्रमुख यज्ञश्वर खत्रीले बताए । त्यस्तै शिक्षण सिकाई बालमैत्री बनाएको, विद्यालय ब्यवस्थापन, सुचना प्रणालीलाई ब्यवस्थित गरेको लगायतका कार्य गरेर नमुना विद्यालय बनाउन सफल शाहीलाई जिल्ला, प्रदेश हुँदै मन्त्रालयले पुरस्कृत गरेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख रमेश मल्लले बताए ।

bhumi-sanrakshyan


२०१८ सालमा स्थापित श्री नेपाल राष्ट्रिय मा बि कुशे ७ समाकोटमा शाही आउनु भन्दा अघि विद्यालयको अवस्था भौतिक र शैक्षिक दुवै रुपमा एकदमै नाजुक थियो ।े २०७१ सालमा प्राथमिक तह सोलुखुम्बुमा स्थायी भएका शाही दिपेन्द्र मा बि मुल्साम जाजरकोट २०७२ चैत मा जिल्लाअन्तर सरुवा २०७५ माघमा महादेब प्रा बि कुशे ८ लाता मा सरुवा र २०७६ माघमा हालको समाकोट माविमा सरुवा भै आएका हुन् । उनी आउँदा आधारभूत तह संचालित यो विद्यालयलाई उनले माध्यमिक तह सम्म संचालन गरे । र विद्यालयको भौतिक तथा शैक्षिक रुप नै फेरिदिए । उनले आफु उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत हुन पाउँदा निकै गर्व लागेको बताउँछन् । मेरो मिहिनेत र लगनशीलताको फल समुदायले पनि प्राप्त गरिरहेको छ र मैले पनि पुरस्कृत हुने अवसर पाए । पुरस्कारका लागि सिफारिस गर्ने सवैलाई धन्यवाद दिन चाहन्छु उनले भने यसबाट मलाई काम गर्ने थप उर्जा मिलेको छ । अझै राम्रो गर्छु ।

त्यस्तै संस्थागत विद्यालयको तर्फबाट नरपदम फ्रेन्डसीप नरबहादुर खड्का , बालविकास सहजकर्ताको तर्फबाट जनता बाल बालविकास केन्द्र छेडागाड ५ पवित्रा खत्री पुरस्कृत भएका छन् ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya