प्रवाह संवाददाता । जाजरकोट
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको प्रथम बार्षिकोत्सवको अवसरमा आयोजित जाजरकोटी सम्पदाहरुको संरक्षणमा युवा विद्यार्थीको भुमिका विषयक बक्तृत्वकला प्रतियोगितामा छेडागाड १२ कार्कीगाँउकी जयन्ता खत्री प्रथम भएकी छन् ।
भेरी नगरपालिका १ का प्रेम विश्वकर्मा दोस्रो, छेडागाड १३ कि पुष्पा परियार तेस्रो र भेरी नगरपालिका ३ कि दिक्षा केसी सान्तोना भएका छन् । प्रथम, द्धितिय, तृतिय र सान्तोना हुनेलाई क्रमश चार हजार, तीन हजार, दुई हजार र एक हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक कालीबहादुर खत्री र विशेष अतिथि प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले पुरस्कार प्रदान गरेका थिए ।
२३ जना सहभागी प्रतियोगिताको मुल्यांकनमा पत्रकार सहदेव बस्नेत, उपप्रध्यापक चन्द्रबहादुर बुढा र प्रतिष्ठानका कोषाध्यक्ष शोभा सिह रहेका थिए । जाजरकोटी कला सस्कृति र सम्पदाहरुको संरक्षणमा प्रतिष्ठानले काम गर्ने अध्यक्ष जनक केसीले बताए । हामीले हाम्रा सम्पदाहरुको संरक्षण गर्न सकेनौ भने भावी पुस्तालाई हामीले के कुरा हस्तास्तरण गर्ने उनले भने ‘सवैले आ आफ्नो क्षेत्रबाट सम्पदा संरक्षणमा एक जुट भयौ भने पुर्खाले छोडेका नासोहरु हामी जोगाउन सक्छौ ।’ कार्यक्रम सफल पार्नका लागि कुशे गाँउपालिका उपाध्यक्ष देविका सिंहले प्रतिष्ठानलाई नगद १० हजार सहयोग गरेको अध्यक्ष केसीले बताए ।


