December 5 - 2023, Tuesday१९ मंसिर २०८०, मंगलवार

विपी खै तिम्रो त्यो काँग्रेस ?

जनक केसी । जाजरकोट

आजभदौ २४ गते विपी तिमी जन्मेको दिन । हेर विपी तिमी जन्मेको आज १ सय ८ वर्ष भयो । तिमीले त्यो चरम विभेदकारी अनि वर्वर व्यवस्थाका विरुद्ध लड्दा लड्दै आफैसंग हारेको पनि ४० वर्ष भइसकेछ । तिमी जन्मेको यो एक सताव्दी लामो अवधि र व्रम्हलिन भएको चार दशकको यो समयमा पनि तिमी हाम्रो याद र सपना वाट विलिन भएका छैनौ । विचार मिल्ने नमिल्ने सवैका लागि प्रिय, सवैका आदर्श तिमी,तिम्रो योगदान र संघर्षका यादहरु मेटिन नदिने तिम्रो लोकतान्त्रिक आन्दोलनको नायकत्व र अद्धितीय नेतृत्वहामीमाझ सधैं सम्मानपुर्वक स्मरणमा छ । नेपालको राजनीति र जनताको आन्दोलनको एउटा अद्धितीय नायक तिमी । उतिवेलै सामन्तवाद, निरंकुशता, केन्द्रियता र वर्वरताका विरुद्ध जनतालाइआगो वनाउने तिमी आज हाम्रा माझ छैनौ । तिमी साथमा नभए पनि तिमीले त्यो विषम परिस्थितिमा जन्माइ दिएको क्रान्तिकारी विचार हामीसंग छ । तिमीले वालिदिएको क्रान्तिको कहिलै ननिभ्ने दियो हामीसंग छ । तिमीले हामीलाइ सुम्पिएको समतामुलक र न्यायपुर्ण समाजवनाउने एउटा सुन्दर सपना हामीसंग छ । एउटा गरिव किसानको अवस्था हेरेर देशका योजना निर्माण गर्न लगाउने तिम्रो जनमुखी दुरदृष्टिले सिन्चित अग्रगामी आन्दोलन पनि हामीसंगै छ । सवै प्रकारका वेथिति निरंकुशता र एकाधिकारका विरुद्ध निर्भिक भएर उभिन तिमिले सिकाएको पाठ र आत्मसम्मान पनि हामीसंगै छ तरदुखको कुरा तिमीले जन्माएर विचार, सिद्धान्त र आदर्शले सिगांरेको काँग्रेस आज हामीसंग छैन । पार्टी र विचारका लागि जिउदै जल्दाजल्दै वाँचेका सयौं निरास यौद्धाहरु छन् तर उनीहरुको आसा र भरोसा साथमा छैन ।अवसर, नेतृत्व र फाइदा कहिलै नपाएर पनि विचलित नभएका इमान्दार नेता कार्यकर्ताहरु पनि संगै छन् तर तिमीले जन्माएको मौलिक काँग्रेस साथमा छैन ।

गगन र विश्वप्रकाश संगै केहि आसा र भरोसाहरु फर्किन सुरु कसेका छन् तर फर्किसकेका छ्रैनन्। जनएकताको ताकतका माध्यमवाट उ वेलाका भ्रष्ट शासकका विरुद्धको तिम्रो अद्धितीय प्रहारको गर्विलो स्मृति यो मानसपटलमा जिउदै छ तर तिम्रो विचार,शैली र आदर्शले सुशोभित नेतृत्व छैन । न्याय समानता र लोकतन्त्रका लागि हजारौं योद्धाहरुले वीरतापुर्वक वलिदान गर्न आँट गरेको आदर्श, इमानले उभ्याएको स्वाभिमान र स्वाधीनताका लागि तिमीले आजीवन जेल वसेको गौरवपुर्ण इतिहास छ तर तिम्रो आदर्शको इतिहास हाम्रा लागि दन्त्य कथा वनाइदैछ । अझ गौरवशाली इतिहासका पानापाना कुल्चदै हिड्न थालिएको छ आसा र भरोसाका पर्खालहरु अडिएको विचार स्खलित पारिदैछ । अर्काको देशमा निर्वासित जीवन जिउन तयार भयौं तर कुनै पनि निरंकुशता, जनविरोधी हर्कत र निहित स्वार्थका लागि आफनो जीवनको आदर्शलाइ तिमीले कहिलै वेचेनौ। तिमीले नेपालीकाँग्रेस एउटा यस्तो परिस्थितिमा जन्मायौं जुन परिस्थितिमा हाम्रा सवै स्वतन्त्रताहरु कैद गरिएका थिए । हाम्रा स्वतन्त्रताहरुलाइ जेलमुक्त पार्न तिमीआफै जेलमा वस्यौ तर आज पार्टी भित्रै सयौं जेल र हतकडीहरु निर्माण हुदैछन् । वहुत कठिन परिस्थितिमा लोकतन्त्रको मुख्यमालीका रुपमा जन्मिएको काँग्रेस उ वेलाशासकको तारो मात्र थिएन जनताको प्यारो पनि थियो । तिमीले स्थापना गरेको काँग्रेसमा गणेशमान जस्तो त्यागि नेतामात्र थिएनन् किशुनजी जस्ता सन्त नेता पनि थिए त्यतिमात्र होइन सुवर्ण सम्शेर जस्ता अत्यन्त भरोसा योग्य सारथी थिए ।

विपीगणेशमान र किशुन्जीको दर्शन र आदर्शको अनुयायी वन्ने लहरको सौर्यले काँग्रेस उ वेला देशव्यापीमात्र वनेन जनताको मन मनमा रोपियो, हुर्काइयो अनि फलाइयो । त्यसैले काँग्रेसका अघि त्यो व्यवस्था झुक्यो अनितिम्रा अघि नेहरु झस्किए ।लोकतन्त्रको अर्काे नामका रुपमाकाँग्रेस चित्रित भयो । वहुदलीय प्रतिष्पर्धा मार्फत परिकल्पना गरिएको प्रजातान्त्रिक समाजवादको लक्ष हामीसंगै छ तर त्यहाँ सम्मपुग्ने वाटो विराइदै छ ।तिमीले जुन परिस्थितिमा नेताकार्यकर्ताहरु उत्पादन गरयौत्यो परिस्थितिअहिले छैन ।तिमीले संघर्ष र वलिदानले निर्माण गरेको उ वेलाको मौलिक काँग्रेस आज हाइव्रेड वन्दैछ । तिमीले काँग्रेसको चरित्र र लोकतान्त्रिक आन्दोलन भुल्ने नेताकार्यकर्ता उमारेको जस्तो पनि लाग्दैन तर इतिहासको कोमामा काँग्रेस किनपुग्दैछ ? यो प्रश्नको समीक्षा कसले कहिले गरिदिने ?जनताको चहाना नभएपनि वंशराजलाइ जवरजस्त जोगाएर हजारौं नेताकार्यकर्ताहरुको मन कुल्चिन उद्दत नेतृत्वको परिकल्पना तिम्रो थिएन । तिम्रो सपना र आदर्श जिवितै रहन्छ कि रहदैन म यसै भन्न सक्दिन । तिम्रो परिकल्पना र सपनाको काँग्रेस विचार,दर्शन र दुरदृष्टिमा कम्जोर हुनुमातिम्रो अभावहो या तिमीले उत्पादन गरेको नेतृत्वको दोष हो यो समयले प्रमाणित गर्दै जाला।

आजहामीसंग काँग्रेस छ काँग्रेसको सान छ्रैन । आजहामीसंग चार तारे झन्डा वोक्ने हजारौं ताकतिलानेताकार्यर्ता छन् तर काँग्रेसको इतिहासले निर्माण गरेको ताकतवोक्ने आदर्श र चरित्र कम्जोर वन्दै गएको छ ।पार्टीमाविस्वास कम्जोर हुदै गएको छ । आफनै संग डराउनु पर्ने दिनआउनथालेको छ ।इमान्दारीता र त्यागले भविस्यवनाउन सक्ने अवस्थाकम्जोरवन्दै गएको छ ।पार्टीकालागिलामो त्याग,समर्पण र संघर्षको मुल्य घट्दै गएको छ ।पार्टीमादुख गरेर कमाएको अनुभवमुल्यहिनवन्दै गएको छ ।पैसा र पहुचनभए सम्म पार्टीमाअवसर र मान सम्मानपाउन सक्ने सम्भावना क्षीण हुदै गएको छ ।धन पैसा नहुनेले नेतृत्वको चहानागर्नु कतैवाट सहज देखिदैन ।तिम्रो सिद्धान्त र सपनावाट काँग्रेस भासिदैछ ।यो वेलाकाँग्रेसलाइकाँधहाल्ने नेताकार्यकर्ताहरु जवरजस्त छेउमा धकेलिदै छन् । पैसा र पहुचले मात्रनेताहुने चलनआइसक्यो । पार्टीमा निष्ठा र इमान्दार कार्यकर्ता भेटिनु भनेको हास्यास्पद जस्तो हुनथाल्यो ।पार्टीको प्रभावशाली नेताकार्यर्ता भनेको टन्न पैसा भएको, सुकिलो मुकिलो,पावरको वरिपरि दिनरात घुमिरहन सक्ने हुन पर्ने भयो । विचार आस्था र इमान्दारीताहुनेले इमानको राजनीति गर्छु भन्नु र हाँस्यकलाकार वन्नु एकै भयो ।यो वेलातिम्रो याद सारै आउछ । मुलुकमाक्रान्तिले ठुलो परिवर्तन ल्याउने छ तर एक पटक फेरि वास्तविक परिवर्तन र सुकिला मुकिलाहरुको हालीमुवाली विरुद्ध सोझाइमान्दार कार्यकर्ताहरुले क्रान्तिगर्नु पर्ने छ भनेर तिमीले उति वेलै भनेकाथियौ । साँचिकै त्यो दिनआयो ।तिमीले जन्माइदिएको विचार र पार्टीलाइनिकै विषम परिस्थितिमावोक्नेहरु कुनामा छन् तर अवसर र फाइदाका व्रिफकेसका पिछलगुहरु जताततै छन् । पार्टीको सदस्यता, योगदान र लगानीलाइधनपैसाले पछार्न सक्ने दिनआइसक्यो ।गरिवहरु, पार्टीलाइ सच्चामायागर्नेहरु, पार्टी राजनीतिका सवै अप्ठेराहरु सहन सक्नेहरुको मुल्य घट्दै गएको छ ।पार्टीको रक्षाका निम्ति कहिलै नढल्ने खम्वाहरुलाइ एक्ल्याउने, कम्जोर वनाउने अनेकौं हर्कतहरु गरिन थाले ।

।आजएउटा निष्ठावान कार्यकर्ता अन्यायमा परेर रुदा उसको आँसु देख्ने अनिवुझ्ने नेतृत्वहुदैन । क्षमता योग्यता र दुरदृष्टि सहितको योजनालिएर पार्टी हाँक्छु भन्नेहरुका लागि अवसरको मार्ग साँधुरिदै गएको छ ।अन्यायमा परेका नेताकार्यकर्ताहरुलाइ न्यायदिने नेतृत्वको खडेरी परेको छ । तिमीले कम्जोर काँग्रेस स्थापना गरेकाथिएनौं । तिम्रो विचार र सपनामाकुनै खोट थिएन तर तिमी पछिका नेताहरुले सुरु गरेको नातावाद कृपावाद र अव्यवाहिरक नेतृृत्व शैलीका कारण आज तिमीलाइ सम्झेर रुने हजारौं कार्यकर्ताहरु छन् । कसैलाइ आफनी छोरी स्थापितगर्नु पर्ने,कसैलाइ आफनी श्रीमति स्थापितगर्नु पर्ने कसैलाइ आफना आसेपासेलाइ मात्र मलजल गर्नु पर्ने वेलाआएको छ ।आमजनता र कार्यकर्ताहरुको स्वार्थ र हितभन्दा ठुलो अमुख नेताको स्वार्थ र इच्छा नै पार्टीको सर्वाेपरि हित परिभाषित हुनथालेको छ ।पार्टीको विचार सिद्धान्तको गोडमेल गर्न नपर्ने, निष्ठा इमान्दारीता र प्रतिवद्धता पार्टीकालागि समर्पित गर्न नपर्ने दिन कसरी आयो ?पार्टीको मुल्यमान्यतालाइ जस्तो सुकै परिस्थितिमा पनि डगमगाउन नदिएका कार्यकर्ताहरुले पार्टी भित्रै अपमान वेहोरेको टुलुटुलु हेरेर वस्ने नेतृत्वको जन्म कसरी हुदै गयो ?तीस चालिस वर्ष पार्टीमा लागेको एउटा यौद्धा अन्यायमा परेर रुदै रुदै कुनामा सेपिदा समेत उसलाइ न्यायदिन नसकिने अवस्था कसरी आयो ? तिम्रो नेतृत्वको काँग्रेस यतिकम्जोर र पक्षपाती थिएनहोला । तिमीले जन्माएको काँग्रेस सिद्धान्त र आदर्शमा यसरी विचलितथिएनहोला । तिम्रो नेतृत्वको काँग्रेसमा त्याग समर्पण र लगानीको अपमानथिएनहोला । त्यसैले आजतिम्रो जन्मदिनको यो घडीमा सोध्न मन लाग्यो विपी त्यो तिम्रो काँग्रेस खोइ ?तिम्रो जन्मदिनको अवसरमातिमीले स्थापना गरेको काँग्रेस यो देशमा फेरि फर्काइदेउ विपीतिमी लाइ हार्दिक भावपुर्ण श्रद्धासुमन । धन्यवाद ।
लेखक केसी नेपाल प्रेस युनियनका केन्द्रिय सदस्यहुन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad