March 28 - 2024, Thursday१५ चैत्र २०८०, बिहीबार

जाजरकोट प्रदेश ‘क’ मा माओवादीबाट आचार्य र ‘ख’ मा रावत सिफारिस

राजेन्द्र कार्की । जाजरकोट

नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेश सभा सदस्यका लागि हुने निर्वाचनमा प्रदेश सभाका लागि उम्मेदवार सिफारिस गरेको छ । प्रदेश क मा युवा नेता रामदीप आचार्य र प्रदेश ख निर्वाचन क्षेत्रका लागि विरबहादुर रावतको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।

युवा नेता आचार्य माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन भने रावत प्रदेश कमिटी सदस्य हुन् । माओवादी केन्द्रले संघिय साँसदका लागि भने कसैको नाम सिफारिस गरेको छैन । प्रदेश समानुपातिक क तर्फबाट पार्वती विक, राममाया हमाल, टकबहादुर घर्ती मुनाल र ख बाट यज्ञ बहादुर खत्री, चन्द्रा अधिकारी लगायतका नेताको नाम सिफारिस गरिएको छ । सत्ता गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्ने सहमति गरिसकेका छन् । जाजरकोटमा कसको भागमा कुन निर्वाचन क्षेत्र पर्ने हो त्यस आधारमा उम्मेदवारको अन्तिम टुङ्गो लाग्ने भएको हो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad