April 26 - 2024, Friday१४ बैशाख २०८१, शुक्रबार

जाजरकोटमा उत्कृष्ट कृषक र सहकारी पुरस्कृत

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट जिल्लामा कृषि क्षेत्रमा उल्लेखनिय योगदान, उत्कृष्ट कार्य गर्नु हुने कृषकहरु,कृषि सहकारी तथा अन्य सहकारीलाई नगद पुरस्कार सहित सम्मानित गरिएको छ । कृषि विकास कार्यालय जाजरकोटले उत्कृष्ट किसान तथा सहकारीलाई पुरस्कार सहित सम्मान गरेको हो । जिल्ला समन्वय समितिका संयोजक कालीबहादुर खत्रीले कृषक तथा सहकारीलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका हुन् ।


उत्कृष्ट कृषकलाइ नगद १० हजार र उत्कृष्ट सहकारीलाई नगद २० हजार नगद र सम्मान पत्र सहित सम्मानित गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख रविन धितालले बताए । उनका अनुसार सम्मानित हुनुहुने कृषकहरुमा मौरी पालन तर्फ – मन बहादुर राना, भेरी न पा १ जाजरकोट, तरकारी खेती तर्फ – दिपेन्द्र बहादुर बस्नेत, जुनिचाँदे गा पा ११ जाजरकोट, बीउ उत्पादन तर्फ – दयाराम बिष्ट, नलगाड न पा ३ जाजरकोट, फलफुल खेती तर्फ – भिम बहादुर शाह, कुशे गा पा ५ जाजरकोट, आलु बाली तर्फ – अनिता पुन, छेडागाड न पा १० जाजरकोट, मसला बाली तर्फ – भिम प्रसाद रेग्मी, शिवालय गा पा ९ जाजरकोट, खाद्यान्न बाली तर्फ – भिम बहादुर सिंह, बारेकोट गा पा ४ जाजरकोटलाई नगद १० हजार र सम्मानपत्र प्रदान गरिएको छ ।

यो सम्मान र पुरस्कारले आफुहरुलाई थप उर्जा मिलेको पुरस्कृत कृषक नलगाड नगरपालिका ३ का दयाराम विष्टले बताए । उनले आफुलाई उत्कृष्ट कृषक सम्झेर पुरस्कृत गरेकोमा कार्यालयलाई धन्यवाद दिए ।


त्यस्तै कृषि सहकारी तर्फ लालिगुराँस कृषि सहकारी संस्था लि भेरी न पा ८ जाजरकोट र अन्य सहकारि तर्फ जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लि, नलगाड न पा २ जाजरकोटले नगद २० हजार र सम्मानपत्र प्राप्त प्रदान गरिएको छ । कार्यालयले यस अघि उत्कृष्ट कृषक छनौटका लागि आफ्नो कृषि पेशामा ब्यवसायिकता सहितको योगदान गरेको प्रस्ताव पेश गर्न आब्हान गरेको थियो । सोही प्रस्ताव र स्थलगत अवलोकनका आधारमा उत्कृष्ट कृषक छनौट गरिएको जिल्ला कृषि विकास कार्यालयका सुचना अधिकारी टोपेन्द्र नेपालीले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad