नलगाडमा ४५ दिने हाउस वाइरिङ्ग तालिम सम्पन्न

प्रवाह संवाददाता । जाजरकोट

जिल्लाको नलगाड नगरपालिकामा ४५ दिने हाउस वाइरिङ्ग तालिम सम्पन्न भएको छ । कोभिड १९ पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रम सामाजिक आर्थिक गतिविधि अन्तर्गत ४५ दिने आधारभुत हाउस वाईरिङ्ग तालिम एक समारोहका विच नलगाडको दल्लीमा सम्पन्न भएको हो ।


आइएआरसीको सहयोग, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको सहकार्य, नलगाड नगरपालिकाको समन्वय र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जाजरकोटको आयोजनामा नलगाडका युवाहरुका लागि हाउस वाइरिङ्ग तालिम संचालन गरिएको थियो । नलगाडका विभिन्न वडाका एक दर्जन बढी युवाहरु तालिममा सहभागि भएका थिए । उनीहरु सवैले कुशलता पुर्वक तालिमको कोर्स पुरा गरेका छन् । तालिम पाएपछि उनीहरु खुसी भएका छन् ।

bhumi-sanrakshyan

तालिमको समापन समारोहमा नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावत, उपप्रमुख सरिता सिंह, प्रमुख प्रशासकिय अधिकृत मानबहादुर गिरी, वडाध्यक्षहरु लगायतको सहभागिता रहेको थियो । रेडक्रसका कार्यक्रम संयोजक भीमबहादुर साउदले संचालन गरेको समापन कार्यक्रमको अध्यक्षता रेडक्रस जाजरकोटका सभापति हरिबहादुर बस्नेतले गरेका थिए । कार्यक्रममा मन्तब्य राख्ने बक्ताहरुले तालिम ब्यवहारिक रुपमा प्रयोगमा ल्याई स्वरोजगार बन्न आग्रह गरेका छन् । तालिममा सहभागिलाई प्रमाण पत्र प्रदान गरिएको छ । तालिमका सहभागि तथा प्रशिक्षकको तर्फबाट रेडक्रसलाई विद्युत सम्बन्धी मायाको चिनो प्रदान गरिएको थियो ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya