April 26 - 2024, Friday१३ बैशाख २०८१, बिहीबार

शिवालयमा करार कर्मचारीको म्याद थप नगर्ने निर्णय

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाको शिवालय गाउँपालिकाले कार्यरत करारमा नियुक्त गरिएका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको छ ।

गाँउपालिकाको वडा र शाखा तथा इकाइमा कार्यरत करार कर्मचारी, कृषि, पशुपंक्षी र स्वास्थ्य सेवाका प्राविधिक करार कर्मचारी, करारका अनुदान शिक्षक, बालविकासका सहजकर्ता र सवारी चालक गरी करीव एक सय पचास बढी करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गाँउ सभाको गत २८ गते बसेको बैठकले निर्णय गरेको थियो । ति सवै कर्मचारीलाई म्याद थप नगर्ने निर्णय भएको हुँदा अर्को ब्यवस्था नभए सम्मका लागि साउन १ गते देखि हाजिर हुन नआउने सुचना समेत प्रकाशित गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कुमार चन्दले बताए । आवश्यकता, कार्य मुल्याकन र औचित्यताका आधारमा पुनः म्याद थप÷नियुक्ती गरि कर्मचारी ब्यवस्थापन गरिने चन्दले बताए । करार सम्झौतामै जतिखेर पनि करार अवधी तोड्न सकिने र आवश्यकता अनुसार म्याद थप गर्न सकिने उल्लेख भएको हुन्छ उनले भने ।

गाउँपालिकाको असार २८ गतेको गाउँ सभा वैठकले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको थियो । करारका कर्मचारीले निर्णयको विरोध गरेका छन् । कतिपयले गाँउ सभाको यो निर्णयलाई राजनैतिक पुर्वाग्रहको संज्ञा दिएका छन् । गाँउपालिकामा यस अघि एमाले नेतृत्वको सरकार थियो भने अहिले काँग्रेस नेतृत्वको छ । धेरैजसो करारका कर्मचारी आवश्यकता भन्दा बढी नै एमालेका कार्यकर्ता भर्ति गरेका कारण म्याद थप नगरिएको स्रोतको दावी छ ।

 

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad