राजेन्द्र कार्की । जाजरकोट
चोरी गरेको अभियोगमा जाजरकोटको नलगाड नगरपालिका १० का एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नलगाड १२ तल्लुवगरमा रहेको भरतबहादुर माझीको पसल तोडफोड गरि मोवाईल लगायतका समान चोरी गर्ने नलगाड नगरपालिका १० का वीरबहादुर रावतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ब्यापारी माझीको जाहेरीका आधारमा खोजतलास गर्दा प्रहरीले रावतको साथबाट विभिन्न कम्पनीकाा ८ थान मोवाईल, विभिन्न किसिमका एयरफोन ३ थान, र नगद एक हजार एक सय चालिस रुपैया बरामत गरेको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक पुस्कर पन्तले बताए । निजलाई जिल्ला अदालतले अनुसन्धानका लागि १० दिनको म्याद दिएको छ ।


