नलगाडमा गर्भवति महिलाको घर घरमा झण्डा, सुत्केरी महिलाको हातहातमा अण्डा

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको नगलगाड नगरपालिकाले हरेक गर्भवति महिलाको घरमा झण्डा सुत्केरीको हातहातमा अण्डा कार्यक्रम संचालन गर्ने भएको छ । गर्भवति हुने वित्तिकै त्यस घरमा महिला स्वास्थ्य स्वयमंसेविकाहरुले हरियो झण्डा गाड्ने र सुत्केरी भएपछि चार क्यारेट अण्डा, दुई वटा कुखुरा र अढाइ लिटर तोरीको खानेतेल दिने ब्यवस्था मिलाईएको छ ।

बहुक्षेत्रिय पोषण कार्यक्रमको सहयोगमा महिला र शिशुको पोषणमा सुधार ल्याउन सुत्केरी महिलाहरु सँग नगर उपप्रमुख कार्यक्रम संचालन गरिने भएको हो । स्वास्थ्य प्रोटोकल अनुसार चार पटक गर्भ जाँचलाई बढावा दिन ग्रामिण अल्ट्रा साउन्ड कार्यक्रम शुरु गरिने निति तथा कार्यक्रममा उल्लेख छ । नगर प्रमुख डम्बर रावतले प्रस्तु गरेको आगामी बर्षको निति तथा कार्यक्रममा पुर्ण संस्थागत गर्भवति नगरपालिका घोषणा गर्ने कार्यक्रम अघि सारिएको छ । स्वास्थ्य संस्थामा गर्भवति भए मातृमृत्यु दर र शिशुमृत्यु दरमा कमी आउने नगरपालिकाको विश्वास छ । पोषणयुक्त खानेकुरा सुत्केरीलाई दिदा कुपोषण पनि घटने र स्वास्थ्य संस्थामा सुत्केरी भए मात्र उक्त सुविधा दिदा संस्थागत सुत्केरी हुनेको संख्या पनि बढ्दै गएको प्रमुख प्रशासकिय अधिकृत मानबहादुर गिरीले बताए । यो कार्यक्रम गत दुई बर्ष देखि संचालनमा छ । करीव एक हजारको संख्यामा नलगाडमा सुत्केरी हुने गरेका छन् । स्वास्थ्य संस्था मार्फत प्रदान गरिने सुत्केरी पोषण कार्यक्रम चालु बर्षमा रकम निकासा नहुँदा धेरै सुत्केरी महिला उक्त कार्यक्रमको सेवा पाउन सकेका छैनन् ।

bhumi-sanrakshyan

नीति तथा कार्यक्रममा स्थानीय पाठ्यक्रम निर्माण, सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा, सार्वजनिक स्थलमा फ्री वाईफाइ, ग्रामिण अल्ट्रा साउण्ड कार्यक्रम, शैक्षिक गुणस्तर करार सम्झौता जस्ता बिषयहरु प्राथमिकतामा परेका छन् ।नीति तथा कार्यक्रममा आर्थिक विकास तर्फ “अर्गानिक खेतीमा जोड, नलगाडको अठोट ।” भन्ने नारालाई साकार रुप दिन “नलगाड कृषि विकास विशेष कार्यक्रम” संचालन गर्ने बताईएको छ ।

गर्भवती तथा सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने, आकस्मिक कोषमा आबश्यक बजेटको व्यवस्थापन गर्ने, विद्यालय स्तरमा स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गर्ने, शिक्षण सिकाई उपलब्धीलाई सुधार गर्न विषयगत शिक्षक तालिम संचालन गर्ने, अपाङ्ग बालबालिकाहरुको शिक्षा सुनिश्चितता गर्न विशेष स्रोत कक्षा कार्यक्रमलाई निरन्तरता दिने, स्थानीय पाठ्यक्रम निर्माण गर्ने, स्थानीय पाठ्यक्रमको जानकारी प्रदान गर्न पाठ्यक्रम प्रवोधिकरण तालिम संचालन गर्ने, चौमासिक रुपमा घुम्ती प्राधानाध्यापक बैठकको आयोजना गर्ने, शैक्षिक गुणस्तर करार सम्झौता गर्ने, आबासिय नमुना विद्यालय विकास कार्यक्रम लागु गर्ने, हाम्रो शैक्षिक दृष्टीकोण स्माकिा प्रकाशन गर्ने उल्लेख गरिएको छ ।

प्रस्तुत नीति तथा कार्यक्रममा नगर प्रमुख खेलकुद प्रतियोगिता संचालन गर्ने, दिवा खाजा व्यवस्थापन समिति र विद्यालय सहयोगीहरुको क्षमता विकास गर्न दुई दिने कार्यशाला गोष्ठी संचालन गर्ने, सबैभन्दा उत्कृष्ट र कमजोर विद्यालय बीच अनुभव आदान प्रदान गर्न सरोकारवालाहरुको संयुक्त अनुगमन भ्रमण गर्ने उल्लेख गरिएको छ ।

बाल कल्याण कोष स्थापना गनेृ, “स्वच्छ सफा र सुन्दर शहर, नलगाडबासीको रहर ।” भन्ने नारालाई कार्यान्वयन गर्न “फोहर बाट मोहर ।” बनाउने नीतिलाई अबलम्बन गर्ने, लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्ने, भौतिक पूर्वाधार संरचना, यातायातका साधनहरु र सेवा सुविधालाई अपाङ्गमैत्री बनाउनुको साथै शिक्षण सिकाई पद्धतीलाई अपाङ्गमैत्री बनाउने, द्धन्द प्रभावित परिवार र द्धन्द्धका कारण विभिन्न प्रकारका अपांगता भएका ब्यक्तिहरुको नाम सुचिकृत गरी आवश्यक ब्यवस्थापन गर्ने, जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्तालाई सम्बन्धित वडाबाटै वितरण गरिने, सिमान्तकृत, दलित, लोपोन्मुख, अति विपन्न नागरिकका लागि जनता आवास कार्यक्रम संचालन गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

सवै वडाहरुका सडक सञ्जालको पहुच सुनिश्चित गरिने, राष्ट्रिय विद्युत प्रशारण लाईनलाई सवै वडाहरुमा विस्तार गर्ने, आम नागरिकमा डिजिटल साक्षरता बढाउन निजी क्षेत्रसँगको सहकार्यमा तालिम र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, मोवाईल तथा ईन्टरनेट सेवाको गुणस्तर सुनिश्चित गर्न नेपाल टेलीकम तथा अन्य सेवा प्रदायक संस्थाहरुसँग सहकार्य गर्ने । सार्वजनिक स्थलमा फ्री वाईफाई सेवाको विस्तार गर्ने, अपाङ्ग पुनःस्थापना कोष स्थापना गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमसंग म्याचिंग गरेर नगर प्रमुख रोजगार कार्यक्रम संचालन गर्ने, प्लाष्टिकका गिलास, प्लेट, बोतलको उपयोगमा प्रतिबन्ध गरी दुना, टपरी जस्ता स्थानीय वातावरणमैत्री बस्तुहरुको प्रवद्र्धन गर्ने, वातावरणमैत्री झोला, गिलास, प्लेट जस्ता सामाग्री उत्पादनलाई प्रोत्साहन गर्न उपयुक्त कार्यक्रम सञ्चालन गर्ने, प्लाष्टिकका माला उपयोगमा प्रतिवन्ध लगाई स्थानीय फुलका माला उपयोग गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

डाँडाकाँडाहरुलाई हरियाली बनाउन कृतिम तालतलैया निर्माण गर्ने, दुर्लभ सुन गिद्ध संरक्षण गर्न सुन गिद्ध संरक्षण कार्यक्रमको ब्यवस्था गर्ने, नगरपालिकाबाट प्रवाह गरिने सेवालाई आवश्यकताका आधारमा घुम्ती सेवा प्रदान गरि जनताको घर दैलोसम्म सरल र सहज ढंगले गुणस्तरीय सेवा प्रदान गर्ने, एक गाउँ एक उत्पादनको नीतिलाई कार्यान्वयन गर्ने, पूर्ण पोषणयुक्त वडा घोषणा कार्यक्रमलाई कार्यान्वयन गर्ने, जिल्ला दररेटलाई बैज्ञानिक रुपमा परिमार्जन गर्न स्थानीय दररेट तयार गर्ने, विपन्न एकल तथा विदुर पुरुष सुरक्षा कार्यक्रम सञ्चालन गर्ने, नलगाड लोकसंस्कृती संरक्षण कार्यक्रम संचालन गर्ने, नलगाड साँस्कृतिक महोत्सवलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

“समृद्ध र सफा नगर, दीगो विकास र सुशासनको शहर ।” भन्ने दीर्घकालिन सोचलाई १० औं नगर सभामा प्रस्तावित गरिएको छ । पूर्व गृहमन्त्री तथा प्रतिनीधि सभा सदस्य शक्ति बहादुर बस्नेतद्धारा उद्घाटन गरिएको १० औं नगर सभाको उद्घाटन सत्रमा नगर उप–प्रमुख सरिता सिंहले आब २०७९÷०८० का लागि ५९ करोड १७ लाखको बजेट प्रस्तुत गरेकी थिईन् । उप–प्रमुख सिंहले प्रस्तुत गरेको बजेट भाषणमा नेपाल सरकारको शसर्त अनुदान ३२ करोड १८ लाख, समानिकरण अनुदान १० करोड ४५ लाख, राजश्व बाँडफाँडबाट ११ करोड ७१ लाख २९ हजार, कर्णाली प्रदेश सरकारको समानिकरण अनुदान १ करोड १ लाख ५८ हजार, शसर्त अनुदान ९९ लाख ५० हजार, नेपाल सरकारको विशेष अनुदान ५० लाख, गत बर्षको मौजदात रकम १ करोड २६ लाख ६३ हजार र आन्तरिक राजश्व १ करोड ५ लाखको अनुमान गरिएको छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya