सवारी ज्यानका फरार प्रतिवादी पक्राउ

राजेन्द्र कार्की । जाजरकोट

चालक अनुमति पत्र नभएका ब्यक्तिलाई सवारी दिएर दुर्घटनामा परेपछि सवारी धनीलाई प्रहरीले पक्राउ गरेको छ । उदयपुर त्रियुगा नगरपालिका ५ स्थायी ठेगाना भई हाल गोल्डेन गुड शेर्पा कन्ट्रक्सनका साईड इन्चार्ज ३३ बर्षका उदयमान श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक पुष्कर पन्तले बताए ।

उनले केही समय अघि सवारी चालक अनुमति पत्र नभएका जाजरकोट नगलगाड नगरपलिका ५ कालीमाटी निवासी २२ बर्षका सोमराज वलीलाई आफ्नो ट्याक्टर चलाउन दिएका थिए । तर उनको ट्याक्टर  दुर्घटनामा परि मृत्यु भएको थियो । चालक अनुमति पत्र नभएका अनाधिकृत ब्यक्तिलाई आफ्नो ट्याक्टर चलाउन दिएको र दुघर्टनामा परि ज्यानै गएपछि श्रेष्ठ तत्काल फरार भएका थिए । दुघर्टना २०७८ जेठ १६ गते भएको थियो । पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालतले अनुसन्धानका लागि सात दिनको म्याद दिएको छ ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya