July 6 - 2022, Wednesday२१ असार २०७९, मंगलवार

केन्द्रको निर्देशन विपरीतः कार्यपालिका सदस्य निर्वाचनमा काँग्रेस विरुद्ध बामगठबन्धन

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको नलगाड नगरपालिकाको नगरकार्यपालिकाको निर्वाचनमा सत्ता गठबन्धनको शिर्ष नेतृत्व सहमति विपरीत काँग्रेस विरुद्ध बामगठबन्धनको चुनावी तालमेल भएको छ । गत ३० बैशाखमा सम्पन्न निर्वाचनमा सत्तागठबन्धनका काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेर निर्वाचन जितेको नगरपालिकामा समेत माओवादी केन्द्रले एमाले सँग कार्यपालिका सदस्यमा तालमेल गरेर चुनाव जितेको छ । काँग्रेसलाई वाइपास गरिएको छ ।

नगरकार्यपालिकाका आठ जना सदस्य मध्य पाँच माओवादी केन्द्र र तीन एमालेले जितेका छन् । माओवादी केन्द्रका सरिता बादी, सरिता शाही, मनमाया बुढा, शिलाकुमारी वि.क., र सर्वजित विक कार्यपालिका सदस्यमा विजयी भएका छन् । त्यस्तै एमालेका कलिवान नेपाली, खिममुमारी शर्मा र कुमारी विक निर्वाचित भएको प्रमुख प्रशासकिय अधिकृत मानबहादुर गिरीले बताए । नलगाडमा सत्तागठबन्धनको तालमेल अनुसार नगरप्रमुखमा माओवादी केन्द्रका डम्मर रावत र उपप्रमुखमा काँग्रेसकी सरिता सिंह विजयी भएका छन् । आफुहरुले भने जस्तो मत नआएको र काँग्रेसले धोका दिन खोजेको भन्दै एमाले सँग तालमेल गरिएको माओवादी नेता मनबहादुर रावलले बताए ।

गत स्थानिय निर्वाचनमा गठबन्धनले चुनाव जिते पनि काँग्रेस इमान्दार नदेखिएकोले बामगठबन्धन गर्नु परेको माओवादी नेता प्रशान्त शर्माले बताए । नलगाडमा माओवादी केन्द्रका २७, काँग्रेसका १८, एमालेका १८ र ४ जना स्वतन्त्र नगर सभाका सदस्य निर्वाचित भएका छन् । एक्लै कसैको बहुमत नपुग्ने भएकोले माओवादी केन्द्र र एमालेले तालमेल गरेका हुन् । केन्द्रको निर्देशन विपरीत गठबन्धन गरेर माओवादीले धोका दिएको नेपाली काँग्रेसका सभापति वेदराज सिंहले बताए । कार्यपालिका चुनावमा भएको तालमेलले काँग्रेसलाई गंभिर बनाएको र आगामी निर्वाचनमा माओवादी सँग चुनावी तालमेल हुन नसक्ने काँग्रेसको निश्कर्ष रहेको सभापति सिंहको भनाई छ । जिल्लाका केही पालिकामा भने सत्ता गठबन्धन विच नै तालमेल भएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad