नलगाडमा माओवादी केन्द्रका डम्बर रावत विजयी

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको नलगाड नगरपालिकामा नेकपा माओवादी केन्द्रका डम्बर बहादुर रावत नगरप्रमुखमा विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार रावतले नेकपा एमालेका धर्मबहादुर शाहीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

माओवादी केन्द्रका रावतले पाँच हजार पाँच सय ९९ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिस्पर्धी एमालेका शाहीले तीन हजार छ सय २६ मत प्राप्त गरेका थिए । गत स्थानिय तहको निर्वाचनमा माआवादीले नगरप्रमुख र उपप्रमुख दुवै एक्लै जितेको थियो ।

उपप्रमुखमा सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका सरिता सिंह विजयी भएकी छन् । उनले पाँच हजार चार सय छ मत प्राप्त गरि विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका सुनिता बोहराले तीन हजार तीन सय ९३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya