काइनेटिक पत्थर सहित युवक पक्राउ

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा काइनेटिक पत्थर सहित एक युवक पक्राउ परेका छन् । जुनीचाँदे गाँउपालिका ६ गर्खाकोट निवासी २२ बर्षिय सुरत सिंह काइनेटिक पत्थर सहित पक्राउ परेका हुन् । छेडाचौर प्रहरी चेक प्वाइन्टमा सवारी साधन तथा यात्रुहरु चेकजाँच गर्ने क्रममा सिंहको साथबाट साढे नौ किलोग्राम काईनेटिक पत्थर बरामद भएको प्रहरीले जनाएको छ । बरामद गरिएको पत्थर र पक्राउ परेका सिंहलाई आवश्यक कारवाहीका लागि खानी तथा भुगर्भ विभाग अन्र्तगत भुकम्प मापन केन्द्र विरेन्द्रनगर सुर्खेत पठाईएको प्रहरी निरीक्षक पुस्कर पन्तले बताए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya