पत्रकार बद्री पन्त काँग्रेसबाट वडाध्यक्ष उम्मेदवार

पदम केसी । जाजरकोट
लामो समयदेखि जाजरकोट जिल्लामा पत्रकारिता गर्दै आएका पत्रकार बद्री पन्त बैशाख ३० मा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि नलगाड नगरपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बन्न् भएको छ ।

पन्त नलगाड ४ को काँग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवार बन्नु भएको हो । डेढ दशकदेखि सक्रिय पत्रकारितामा संलग्न पन्त नेपाली काँग्रेस पार्टी भित्रका भरोसा योग्य युवा नेता हुन् । पन्त २०६३ सालदेखि जाजरकोट सन्देश साप्ताहिक पत्रिकाबाट पत्रकारिता सुरु गर्नु भएको हो । २०६४ सालदेखि सगरमाथा टेलिभिजन, रेडियो नेपाल, नेपाल टेलिभिजन लगायतका संचारमाध्याममा १५ बर्ष देखि सक्रिय पत्रकारिता गरिरहेका पन्त विगतबर्ष देखि समाज सेवामा सक्रीय रहदै आउँनु भएको छ । आफुलाई समाज सेवामा समर्पित गरेका पत्रकार पन्तले कोरोना महाँमारीको समयमा ज्यानको बाजी राखेर विरामीको सेवा गर्नु भएको थियो ।
सरल तथा मिलनसार स्वभाव पन्तमा छ । यस पटकको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट नलगाड ४ वडाको वडा अध्यक्षका बलियो उमेरदवारका रुपमा पत्रकार पन्तकै नामबढी चर्चामा रहेको छ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनको कोषाध्यक्ष तथा नेपाल पत्रकार महाँसँघको सदस्य भएर लामो समय साँगठानिक जीवनको अनुभव हासिल गरी सकेका सबैको साझा र लोक प्रियपात्रका रुपमा पन्त परिचित रहनु भएको छ ।

राजनिति नै मुल निति भएकोले गाँउको विकासका लागि आफै लाग्नु पर्ने ठानी राजनितिमा होमिएको हुँ पन्तले भन्नुभयो ‘स्थानियको आग्रह र पार्टीका अग्रजको सल्लाहमा मैले उम्मेदवारी दिएको हुँ । वडाध्यक्ष जितेर नमुना योग्य काम गर्ने लक्ष्य छ । विग्रन थालेको राजनितिलाई आशा जगाउन म प्रत्यक्ष राजनितिमा जोडिएको हुँ । मलाई विश्वास छ सवैको साथ र सहयोग पाउनेछु ।’

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya