समाजवादीको जिल्ला अध्यक्षमा खड्का चयन

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
नेकपा (एकीकृत समाजवादी) जाजरकोटको अध्यक्षमा कमानबहादुर खड्का चयन हुनुभएको छ । पार्टीको जिल्ला कमिटीको तेस्रो पूर्ण बैठक बाट उहाँलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।

नेकपा एकीकृत समाजवादीका जाजरकोट जिल्ला पूर्व अध्यक्ष कृष्णबहादुर विसी केन्द्रीय सदस्य र प्रदेश कमिटी उप सचिवको जिम्मेवारी प्राप्त गरेपछि खड्कालाई अध्यक्षमा चयन गरिएको नेकपा एकीकृत समाजवादी जाजरकोटले जनाएको छ । चतुर राजनैतिक खेलाडी, स्पष्ट बक्ता, कुशल संगठक र अब्बल निर्णय क्षमता भएका खड्का यस अघि नेकपा एकीकृत समाजवादीको जिल्ला उपाध्यक्ष हुनुहुन्थ्यो । भेरी नगरपालिकाको नगरप्रमुखमा चुनाव लड्ने उद्घोष गरेका खड्का यस अघि साविकको खलंगा गाविसको उपाध्यक्ष हुनुहुन्थ्यो ।

उहाँ २०५५ सालमा भएको निर्वाचनमा राष्टिय प्रजातन्त्र पार्टीबाट गाविस उपाध्यक्ष निर्वाचित हुनु भएको थियो । २०४६ सालमा तत्कालिन जनमोर्चाको विद्यार्थी संगठनबाट राजनितिमा होमिएको खड्काको भनाई छ । जनमोर्चाको एउटा धार २०५२ सालमा शसस्त्र युद्धमा होमियो तर उनी तत्कालिन शासकहरुबाट बच्नकै लागि राप्रपामा लागेको दावी गर्छन । २०६३ सालमा भएको जाजरकोट उद्योग बाणिज्य संघ जाजरकोटको सदस्य पदबाट डेभ्यु गर्नुभएका खड्का उद्योग बाणिज्य संघको २०६६ मा जिल्ला अध्यक्ष, २०७० मा पुनः अध्यक्ष, २०७४ मा नेपाल उद्योग बाणिज्य महासंघको कर्णाली प्रदेश सदस्य हुँदै २०७८ सालमा केन्द्रिय सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।

२०७० सालमा राप्रपाको जिल्ला अध्यक्ष भएका खड्का २०७४ सालमा नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो । एमालेले उहाँलाई सचिवालय सम्मको जिम्मेवारी दिएको थियो । फरक विचार र धार भएकै कारण आफुलाई एमालेमा नगरको टिकट देखि पार्टीका अन्य महत्वपुर्ण जिम्मेवारीमा समेत पेलिएको बताउनुहुन्छ । एमाले विभाजन सँगै नेकपा एकिकृत समाजवादी रोज्नुभएका खड्का संस्थापक उपाध्यक्ष हुनुहुन्थ्यो ।

चुनावको मुखैमा नयाँ पार्टीको जिल्लाको नेतृत्व गर्न पाउनु चुनौति र अवसर दुवै छन् उहाँका लागि । पार्टीलाई गतिशिल बनाएर स्थानिय निर्वाचनमा जित हासिल गराउनु उहाँका लागि कम चुनौति छैन । यद्यपी गठनबन्धन भित्रका सत्ता साझेदार दलहरु सँगको सहकार्यमा जिल्लाका धेरै स्थानमा जित हासिल गराएर छोडेने उहाँको विस्वास छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad