जाजरकोट काँग्रेसको अनुशासन समितिमा विसी

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

नेपाली काँग्रेस जाजरकोटले अनुशासन समितिको संयोजकको जिम्मेवारी युवा नेता खडक विसीलाई दिएको छ । पार्टीको विधान २०१७ (संसोधन सहित) अनुसार पार्टीलाई अनुशासित र विधान सम्मत तरीकाले संचालन गर्नका लागि पार्टीको उपसभापति समेत रहेका विसीलाई अनुशासन समितिको संयोजकको जिम्मेवारी दिइएको हो । समितीका सदस्यमा युवा नेता महेन्द्र शाह र विष्णु गिरीलाई मनोनयन गरिएको छ । पार्टी सभापति बेदराज सिंहले विसीलाई अनुशासन समितिको संयोजकमा मनोनयन गर्नूभएको हो ।

२०५६ सालमा विरेन्द्र मावि जुँगाथापाचौरमा मावि एकाइ समितिमा रहेर विद्यार्थी छँदै राजनितिमा होमिएका युवा नेता विसी २०६४ सालमा नेपाल विद्यार्थी संघ जाजरकोटको सचिव, १२ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधी, १३ औं महाधिवेशनमा पार्टी सचिव र १४ औं महाधिवेशन अन्र्तगत भएको जिल्ला अधिवेशनबाट नेपाली काँग्रेस जाजरकोटको उपसभापति हुन सफल भएका छन् ।

स्नाकोत्तर तह सम्म अध्ययन गरेका विसी मिठो बोली, नरम स्वभाव र सवै सँग घुलमिल हुन सक्ने बौद्धिक क्षमता राख्ने जाजरकोटका युवा नेतामा पर्छन । २०७४ सालमा भएको स्थानिय चुनावमा शिवालय गाँउपालिकामा थोरै मतान्तरले गाँउपालिका अध्यक्षमा पराजित हुन पुगेका नेता विसी केही समय पछि हुने स्थानिय तहको चुनावमा शिवालय गाँउपालिकाको अध्यक्ष पदमा निर्वाचित भएर गाँउको सेवा गर्ने उनको चाहना छ । पार्टीलाई गतिशिल, अनुशासित र अब्बल बनाउन आफु सधै क्रियाशिल रहने युवा नेता विसीको भनाइ छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad