जाजरकोट पुनः हिमपात, पटक पटकको हिमपातले स्थानिय दिक्क

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटका उत्तरी तथा पश्चिमी क्षेत्रका लेकाली भुभागमा पुनः हिमपात भएको छ । पटक पटकको हिमपात र बर्षातले स्थानिय हैरान भएका छन् । हिमपातले चिसो बढाएको छ । हिमपात सँगै जनजीवन कष्टकर भएको छ । मंसिर पुसमा हिउँ परे हिउँदेबाली र फलफुल खेती सप्रने गर्दछ । तर पटक पटक र बाली ठुलो भैसकेपछि परेको हिउँले बालीलाई झन असर गर्ने किसानको भनाइ छ ।


‘हिउँ परेको बेला निकै चिसो हुन्छ । घर बाहिरै निस्कन गाह्रो हुन्छ । केटाकेटी र बुढाबुढी चिसोले विरामी समेत हुन्छन् तर पनि हिउँ पनै पर्छ’ कुशे ५ पाँचकाटियाका कर्णबहादुर थापाले भने ‘हामी बाक्लो हिउँ परेपछि खुसी हुन्छौ । किनभने हिउँपरेको बर्ष भोकमरी हुँदैन ।’ हिउँपरेपछि वातावरण सफा हुनुका साथै पानीका मुहानहरु नसुक्ने , सिंचाई असुविधा भएका पाखोवारीमा लगाएको अन्नपात, फलफुल र तरकारी खेती सप्रने थापाले बताए । तर पटक पटक हिउँ पर्दा चिसोले सताउने उनको भनाइ छ ।
विहिवार साँझ देखि परेको अविरल वर्षात संगै परेको हिमपातले जिल्लाको ग्रामीण जनजीवन निकै कष्टकर वनेको छ । हिमपातले चिसो वढेपछि जिल्लाको ग्रामीण भेगका जनताको दैनिक जनजीवन नराम्रो संग प्रभावित भएको थापाले बताए । जिल्लाको कुसे गाउँपालिका , वारेकोट गाउँपालिका र जुनीजाँदे गाउँपालिकाका विभिन्न वस्तीहरुमा भारी हिमपात भएको छ । कुसे गाउँपालिकाको पैंक, पाँचकटिया, समाइला वारेकोटका रामीडाडा, रोकायगाउँ नायकवाडा लगाएतका गाउँ र वस्तीहरुमा हिमपात अत्यधिक भएको हो । ति स्थानमा तीन फिट सम्म हिमपात भएको छ । यस अघि दुई पटक सम्म हिमपात भएपनि यसपटक अलि तलै सम्म बस्तीमै बाक्लो हिमपात भयो बारेकोट गाँउपालिकाका स्थानिय खगेन्द्र बोहराले भने हिमपातले जनजीवन केही दिन कष्टकर भएपनि पर्यावरणको दृष्ट्रीकोणले निकै राम्रो हुने बताए ।
हिमपातका कारण डाँडाकाडा र वस्तीहरु सेताम्य भएको खोला र मुुलको पानी जमेकोले स्थानीयको दैनिक जीवन कष्टपुर्ण भएको वताए । उनले किसानी गरेर खाने र गाइ भैसी पालेका सर्वसाधारणहरुलाइ झन वढी समस्या परेको वताए । हिमपात र वर्षातका कारण चिसो वढ्ेपछि साना वालवालिकाहरु, वृद्धवृद्धाहरु र विपन्न समुदायका सर्वसाधारणहरुले वढी कष्ट वेहोरिरहेको बोहराले वताए । सदरमुकाम खलंगामा पनि वरिपरिका डाडाहरुमा परेको हिमपातको असर देखिएको छ । सदरमुकाम खलंगा नजिकै पाँचकाटियामा हिउँ परेपछि हिँउ खेल्न जानेहरुको भीड बढ्न थालेको छ ।
कुसे गाउँपालिका र भेरी नगरपालिकाको वडा नम्वर १ र २को उच्च लेकहरुमा परेको हिमपातका कारण सदरमुकाम खलंगामा चिसो अत्यधिक वढेको स्थानीय रत्नराज हमालले वताए ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya