जाजरकोटमा कस्तुरीको बिना सहित एक जना पक्राउ

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा कस्तुरीको बिना सहित एक जना पक्राउ परेका छन् । जिल्लाको नलगाड नगरपालिका १० निवासी ४५ बर्षका डिल्लीबहादुर ध्यार पक्राउ परेका हुन् । बहुमूल्य बन्यजन्तु कस्तुरीको विणा साथमा लिएर हिडिरहेको गोप्य सुचनाका आधारमा प्रहरी निरीक्षक अर्जुन सिंह साउदको कमान्डमा खटिएको प्रहरी टोलीले नलगाड ११ चौखाबजारबाट ध्यारलाइलाई विगो सहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले बताए । ३० ग्राम तौल भएको बिना सहित ध्यारलाई आवश्यक कारवाहीका लागि डिभिजन बन कार्यालय जाजरकोट पठाइएको प्रहरी प्रमुख थापाले बताए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya