कुशेका बालविकास केन्द्रमाः खेल्दै, सिक्दै, सिकाउँदै !

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । कुशे, छेडा

‘विजुली चम्कछ, कहाँ जाँदै छौ ?, बाल विकास केन्द्रमा पढ्न जाँदैछु ।
झुल्क झुल्क घाम झुल्कन्छ, कहाँ जाँदैछौ ?, बालविकास केन्द्रमा पढ्न जाँदैछु ।।’
बालविकास सहजकर्ता टीकादेवी सिंह यही बालगित गाँउदै बालबालिकालाई सिकाईरहेकी थिईन । बालबालिका पनि रमाउँदै लय हालेर गित गाइरहेका थिए । चारै तिर भित्ताभरी खेलौना, शैक्षिक सामग्री, कार्पेट विछ्याएको न्यानो कक्षाकोठामा रमाएर विद्यार्थी पढिरहेका थिए । यो दृश्य जाजरकोटको कुशे गाँउपालिका ८ छेडा स्थित मालिका प्राथमिक विद्यालयको बाल विकास केन्द्रको हो ।

सेभ द चिल्डे«नको आर्थिक सहयोगमा पहाडी क्षेत्र विकास अभियानले संचालन गरिरहेको अवसर परियोजनाले सहयोग गरेपछि बालविकास केन्द्रको मुहार नै फेरिएको छ । केही बर्ष अघि सम्म चिसो धुलोमा बस्ने बालबालिकाहरु अहिले खेलौना, टिफर्म र कार्पेट विछ्याईएको न्यानो कोठा भित्र बसेर पढ्ने अवसर पाएको सहजकर्ता टीकादेवीले बताउनुभयो । उहाँका अनुसार कोठामा विद्यार्थीले लेख्न र पढ्न मिल्ने टेबलको समेत ब्यवस्था गरिएको छ । गित, गजल, कविता, कथा लगायतका पुस्तक सहितको बुक कर्नरको ब्यवस्था मिलाईएको छ । सहजकर्तालाई परियोजनाबाट आवश्यक तालिम प्रदान गरिएको छ । शैक्षिक सामग्रीको ब्यवस्था मिलाईएको छ । टीकादेवी भन्नुहुन्छ– ‘विद्यार्थीलाई रमाउँदै, खेलाउँदै कसरी सिकाउने भन्ने कुरा हामीले तालिममा सिकेर कक्षा कोठामा प्रयोग गरिरहेका छौ । शैक्षिक सामग्रीको प्रयोग गरे खेल्दै खेलाउँदै सिकाउँदा बालबालिका निकै रमाउने र पढाई प्रति आर्कषित हुने गरेका छन् ।’

बालकक्षामा अध्ययनरत दीपसुला सिंह अचेल घर भन्दा विद्यालयमा रमाउने गर्नुभएको छ । विद्यालयमा धेरै साथीहरु हुन्छन् । मेमले खेल खेलाउनु हुन्छ । गित गाउँनुहुन्छ । हामीलाई पनि नाच्न र गित गाउन लगाउनु हुन्छ । पढ्न पनि पाइन्छ निकै मजा आउँछ दिपसुलाले भन्नुभयो ‘खेल्दै पढ्दै गर्दा धेरै रमाइलो लाग्छ ।’

तीन बर्ष पुरा भई पाँच बर्ष मुनिका बालबालिकाहरुको सर्वाङ्गीन विकास गर्न र कक्षा एक को तयारीका लागी सरकारले सामुदायिक विद्यालयमा बालविकास केन्द्र स्थापना गरेर अध्यापन गर्ने निति लिएको छ ।

कुशे ८ छेडा स्थित मालिका प्राथमिक विद्यालयको बालकक्षा । तस्वीर राजेन्द्र कार्की

बालविकास केन्द्र स्थापना गनुको मुख्य उद्देश्य भनेको बालबालिकाहरुलाई बौद्धिक , मानसिक , शारिरीक ,संबेगात्मक , सामाजिक तथा नैतिक र सिर्जनात्मक विकासको अवसर प्रदान गर्ने , उनीहरुमा स्वास्थ्य , पोषण , सरसफाई र सुरक्षा सम्वन्धी बानी बसाल्न प्रेरित गर्ने , सामान्य शिष्टाचार गर्न अभिप्रेरित गर्ने रहेका छन् । त्यसका साथै माथिल्लो कक्षाका लागि आधार, कक्षा दोहरयाउने, कक्षा छाड्ने र नियमितताको दरमा सुधार ल्याउनु बालविकास कक्षा संचालनका मुख्य उद्देश्य हुन् ।

विद्यालयका प्रधानाध्यापक निर्मला कुमारी सिंहले पहाडी र सेभले बालविकास केन्द्रका लागि निकै सहयोग गरेको बताउनुभयो । विभिन्न शैक्षिक सामग्री, पेपर, कार्पेट, चकटी, रयाक, चिप्लेटी, रिङ्ग टेवल लगायतका सामग्री सहयोग भएको उहाँको भनाई छ । सहयोग नपाउँदा धुलोमा पढाउनु पर्ने अवस्था थियो अहिले सफा र न्यानो कोठामा शैक्षिक सामग्री सहित पठनपाठन भैरहेको छ । अभिभावक र विद्यार्थी दुवै खुसी छन् । बालविकास केन्द्रमा पढेका विद्यार्थी एक कक्षामा आउँदा सिकाईको आधार तयार हुने र पढाउन सहज हुने गरेको प्रअ सिंहको भनाई छ ।

जिल्लाका धेरैजसो बालविकास केन्द्र नाम मात्रका हुनु , बालविकास सहजकर्ताको न्युन पारिश्रमिकका कारण जाँगर नलगाउनु , बालमैत्री सिकाई तथा बालमैत्री भौतिक पुर्वाधार नहुनु , शैक्षिक सामग्री र खाजाको ब्यवस्था नहुनु आदि कारणले प्रारम्भिक बाल विकास कार्याक्रम प्रभावकारी हुन नसकेको अवस्थामा कुशेमा सेभ द चिल्ड्रेनको सहयोगमा बालविकास केन्द्रको भौतिक पुर्वाधार, शैक्षिक सामग्री ब्यवस्थापन र शिक्षण सिकाई प्रभावकारी बनाउन आवश्यक तालिमको ब्यवस्था गरिपछि साँचिकै नमुना योग्य बालविकास केन्द्र भएको गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो । परियोजनाले कुशेका ५२ प्रारम्भिक बालविकास केन्द्रलाई आवश्यक सहयोग गरिरहेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad