राजेन्द्र कार्की । जाजरकोट
नेपालगन्ज देखि राडिबजार आउदै गरेको ना छ ख २७५७ नम्बरको रात्री बस जाजरकोटमा ( कुदु बराहचौर नजिक ) राती दुई बजे दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । २९जना घाइते भएका छन । घाइते यात्रीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
मृत्यु हुनेमा कुशे ९ जाजरकोटकि १८ बर्शिया अनिला नेपाली र आठाबिसकोट ५ रुकुम पस्चिमकी २४ बर्षकि सन्ध्या मल्ल शाही रहेका छन् । त्यस्तै नलगाड ३ करुवा जाजरकोटका २६ बर्शिय शेर बहादुर परियार, आठ्बिसकोट ४ निबासी ४ बर्शिया दिब्या शाही र सप्तरी राजबिराज नगरपालिका १ घर भै दिपेन्द्र आधारभुत बिध्यालय सक्ला जाजरकोटमा कार्यरत ४० बर्षका गगाराम यादबको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए ।
घाइते मध्य तीन जनाको अबस्था गम्भीर छ । उनीहरुको थप उपचारका लागि नेपालगन्ज पठाउने तयारी भैरहेको छ । स्यालले बाटो काट्न खोजेपछि स्याल जोगाउन खोज्दा दुर्घटना भएको चालक चित्र बहादुर देनारको भनाइ छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक निदाएर दुघर्टना भएको पनि आशंका गरिएको छ ।