प्रवाह संवाददाता । जुम्ला
नेपाली कांग्रेस जुम्लाको ७ औँ अधिवेशनबाट जिल्ला सभापतिमा कर्ण बहादुर शाही बिजयी भएका छन । निकटतम प्रतिद्धन्दी दिप बहादुर शाहीलाई ५ मतले पराजित गदै शाही विजयी भएका हुन । उनका प्रतिद्धन्दी शाही यस अघिका जिल्ला सभापति हुन् । सभापतिमा विजेता शाही संस्थापन पक्षका हुन् ।
संस्थापन पक्षबाट सभापतिको उम्मेदवारी घोषणा गरेका कर्णबहादुर शाही यस अघिका कांग्रेस जुम्लाका सचिव हुन् । उनले धेरै अघिदेखि नै सभापतिको उम्मेदवारी सार्वजनिक गरिसकेका थिए । सभापतिमा कर्णले ५ मतको अन्तरले बिजयी हाँसिल गरेको निर्वाचन अधिकृत हसिना प्रधानले बताईन । प्रधानका अनुसार ९ सय ८१ मत खसेकोमा कर्णले चार सय ७४ मत प्राप्त गरेर विजय हासिल गरेका थिए । उनका निकटतम प्रतिद्धन्दी दीपले ४ सय ६९ मत प्राप्त गरेका थिए । पाँच मत बदर भएको थियो ।
संस्थापन इतर समुहका दीप पराजित भएपनि उपसभापतिमा दिपक शाही र कार्मा बुढा, सचिवमा गोल्डेन कठायत र लक्ष्मण शाही, सहसचिवमा धनेन्द्र बोहोरा र नन्दप्रसाद चौलागाई पौडेल उनी पक्षका बिजयी भएका छन ।
यश अघि पालिका अधिवेशनमा ८ मध्ये ६ पालिका र प्रदेशका दुई वटै क्षेत्र एकलौटी जितेकाले संस्थापन इतर पक्ष यो निर्वाचन पनि जित आफ्नो पोल्टामा पर्ने दाउमा थियो । तर लोकप्रिय मतका आधारमा कर्णले सभापति जितेका छन् । युवा माझ निकै लोकप्रिय भएका कारण पनि उनको जित सहज भएको काँग्रेस नेतृ नेत्रकला शाहीले बताईन ।