युवक हत्या प्रकरणः हत्यारालाई कारवाहीको माग गदै खलंगामा प्रर्दशन

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
हत्यारालाई कारवाहीको माग गर्दै जाजरकोटमा विरोध प्रर्दशन गरिएको छ । भेरी नगरपालिका ३ स्यालाका १८ बर्षिय प्रकाश जंग शाहको कुटपिट पछि हत्या गरिएको भन्दै दोषीलाई कारवाहीको माग गरि स्थानिय प्रर्दशनमा उत्रिएका हुन् । हत्यारालाई कारवाही गर र समाजमा शान्ति सुरक्षा कायम गर भन्दै मंगलबार खलंगा बजार बन्द गरि बजार परिक्रमा गदै जिल्ला प्रशासन कार्यालयमा समेत पुगेर प्रर्दशनकारीले विरोध प्रदर्शन गरेका हुन ।

गहिरो र निष्पक्ष अनुसन्धान हुन पर्ने, हत्यारालाई कानुन बमोजिम सजाय हुनुपर्ने, नागरिकको जीवन रक्षा निश्चित हुनुपर्ने लगायतका माग राख्दै मृतकका आफन्त र स्थानियले विरोध प्रर्दशन गरेका हुन् । यस अघि विभिन्न मितिमा स्यालाका तीन जनाको हत्या हुँदा पनि दोषी पत्ता लाग्न सकेका छैनन् । यो घटना संलग्न पनि उम्किन नपाउन भनेर खवरदारी गरिएको स्थानिय रति नेपालीले बताईन ।

पश्चिम रुकुम सानीभेरी गाउँपालिका १ बाम्नीखेतमा लाग्ने मेला हेर्न गएका शाहको गत ३ मंसिरमा हत्या भएको हो ।
भेरी नगरपालिका १ रावतगाँउ तथा कोलचौरका केही युवाहरु र मृतक शाह सहितका साथीहरु सँग विवाद भएको थियो । विवाद बढ्दै जाँदा उनीहरु विच गत मंसिर ३ गते मेलामै हात हालाहाल समेत भएको थियो । केही वेर पछि मिलापत्र गरेका उनीहरु विच बेलुका पुनः झगडा भएको थियो । झगडा परेपछि अन्य साथीहरु भागेर ज्यान बचाउन सफल भएपनि प्रकाश घर नफर्केपछि खोजी तलासी गर्दा तीन दिन पछि भेरी नगरपालिका १ कालेगाँउ नजिक भेरी नदीको खोचमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकको टाउकोमा गहिरो चोट लागेको छ ।

प्रहरीले घटनामा संलग्न संलग्न भएको आरोपमा मेलामा विवाद गर्ने मध्यका भेरी नगरपालिका १ कोलचौरका सर्जन खत्री, शिवराज परियार र सन्तोष परियारलाई पक्राउ गरेको छ । त्यस्तै भेरी नगरपालिका १ कालेगाँउका दिनेश केसी र कुशे २ घर भई भेरी १ रावतगाँउ बस्ने केश बहादुर बुढालाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरु सवैलाई अदालतबाट म्याद थपाएर घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए । घटनाको प्रकृति, लासको पोष्र्टमार्टम रिपोर्ट र कलडिटेलका आधारमा अनुसन्धान अघि बढाइने डिएस्पी थापाको भनाई छ । कर्तब्य ज्यान सम्बन्धि घटनामा निश्पक्ष अनुसन्धान हुन्छ । घटनाबारे बुझ्नका लागि नियन्त्रणमा लिईएका अन्य ५ जनालाई सामान्य सोधपुछ पछि छोडिएको प्रहरीको भनाई छ । मृतक प्रकाश स्थानिय त्रिभुवन मावि खलंगामा ११ कक्षामा अध्ययरत थिए । मृतकको सम्झनामा मंगलवार विद्यालयले शोक विदा गरेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad