बाटोमा भेटाएको रकम प्रहरी मार्फत सम्बन्धितलाई बुझाउने दुई युवा सम्मानित

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट

बाटोमा पाएको एक लाख रकम प्रहरी मार्फत सम्बन्धित ब्यक्तिलाई दिने दुई जना युवालाई जाजरकोटमा सम्मान गरिएको छ । जिल्लाको कुशे गाँउपालिका २ स्थायी घर भइ प्रधानमन्त्री आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई जाजरकोटमा जेटिए पदमा कार्यरत सुवास सिंह र भेरी नगरपालिका ५ घर भई सोही कार्यालयमा जेटिए पदमा कार्यरत २३ बर्षिय धर्म चन्दलाई एम्नेष्टि ईन्टरनेशनल जाजरकोट ग्रुपले सम्मान गरेको हो ।

 

सदरमुकाममा कार्यालय स्थापनाको अवसर पारेर उनीहरुलाई सम्मान गरिएको हो । सम्मान पत्र सहित खादा लगाएर दुवै जनालाई प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोट, प्रहरी नायव उपरीक्षक मधुकुमार थापा र शसस्त्र प्रहरी नायव उपरीक्षक नरेश भण्डारीले सम्मान गरेका हुन् ।
भेरी नगरपालिका ४ गैरीखाली स्थित सडकबाटोमा गत असोज २१ गते वेलुका एक लाख रुपैया फेला पारेका थिए । ‘घुम्न निस्केका थियौ विच सडकमा प्लाष्टिकको झोलामा बेरेको सानो पोेको भेट्यौ । के रहेछ भनेर खोलेर हेर्दा एक लाखको गड्डी रहेछ । हामीले तत्काल प्रहरीलाई बुझाईदियौ’ सुवासले भने ।


प्रहरीका अनुसार करीव १८ घण्टा पछि रकम हराएका कुशे गाँउपालिका ९ मेलविसाउना निवासी ४५ बर्षिय धर्मे सार्की प्रहरी सम्पर्कमा आएर रकम बुझेर लगेका थिए । रकम हराउने धर्मे कमाइका लागि केही समय अघि भारत गएका थिए । भारतबाट दशै मनाउन घरफर्केने क्रममा नेपालगञ्जमा भारतिय रुपैया सटाएर  जाजरकोट सदरमुकाम आईपुगेका थिए । मदिरा सेवन गरेका कारण उनले रकम हराएका थिए ।
बाटोमा भेटाएको रकम समेत इमान्दारी पुर्वक प्रहरीलाई बुझाएर समाजमा असल तथा उदाहरणीय कार्य गरेको हुँदा उनीहरुलाई सम्मान गरिएको एम्नेष्टिी ईन्टरनेशनल जाजरकोट ग्रुप ७७ का अध्यक्ष राजेन्द्र कार्कीले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad