काँग्रेस अधिवेशनः नेतृत्वमा युवा बर्चश्व

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत जाजरकोटमा सम्पन्न भएका सात वटै स्थानिय तहको नेतृत्व युवाहरुले गरेका छन् । हालै सम्पन्न भएका गाँउ, नगर तहको अधिवेशनमा जाजरकोटका चार वटा स्थानिय तहमा निर्विरोध कार्य समिति छनौट गरिएको छ भने तीन पालिकामा निर्वाचनका माध्यामबाट नेतृत्व चयन गरिएको छ । जिल्लाका सवै पालिकामा युवाहरुले नेतृत्व लिएका छन् ।

नलगाडको नगरसभापतिमा युवा नेता जयबहादुर सिंह निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै छेडागाडमा अर्का युवा टोपेन्द्र अधिकारी नगरसभापतिमा निर्विरोध निर्वाचित भएका छन् । शिवालयको गाँउ सभापतिमा युवा नेता जसवीर वली निर्विरोध निर्वाचित भएका छन् । बारेकोटको गाँउपालिका सभापतिमा युवा नेता रामचन्द्र ज्योती निर्वाचित भएका छन् । यी पालिकाका अन्य पदाधिकारीमा अधिकांश युवाहरु निर्वाचित भएको काँग्रेसले जनाएको छ ।

भेरीमा निबर्तमान नगरसभापति तथा जिल्ला समन्वय समितिका उपप्रमुख ज्ञानी प्रसाद शर्मालाई पराजित गदै शशिराम बुढा निर्वाचित भएका छन् । उनी पनि युवा नै हुन् । शर्मा उमेरले पाका भएपनि मतदाताको रोजाई युवामा नै देखियो  । जुनीचाँदेमा पनि युवा नेता विरेन्द्र शाही निर्वाचित भएका छन् ।
त्यस्तै कुशेको गाँउ कार्यसमिति सभापतिमा युवा नेता अमर बहादुर शाही निर्वाचित भएका छन् । यद्यपी, कुशेमा उनी विरुद्ध परेको दावी विरोधको छानवीनको माग सहित निर्वाचन बदरको माग गदै उजुरी परेको छ ।

 

नेपाली काँग्रेसको विधान अनुसार गाँउ नगर कार्य समितिमा सभापति एक जना, दुई जना उपसभापति, दुई जना सचिव, दुई जना सहसचिव निर्वाचित हुने ब्यवस्था छ । त्यस्तै प्रत्येक वडाबाट एक जना महिला सहित तीन जनाका दरले हुन आउने सदस्य संख्या र त्यसर्को समावेशी प्रतिनिधित्व हुने गरि थप दुई तिहाइ सदस्य निर्वाचित हुने ब्यवस्था छ । यी सवै पदमा अधिकांश युवाहरु निर्वाचित भएको काँग्रेस नेताहरुको भनाई छ । काँग्रेसमा त्याग गरेका, उमेरले पाकालाई सम्मान गदै युवाहरुले नेतृत्व लिने बेला आएको नेपाली काँग्रेस भेरी नगर कार्य समितिका उपसभापति विर्खबहादुर कार्कीले बताए । उनका अनुसार नेतृत्वमा आएका अधिकांश ५० बर्ष मुनिका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad