नेकपा(समाजबादी)जाजरकोट कृष्णबहादुर बुढाको नेतृत्वमा

राजेन्द्र कार्की । जाजरकोट

नेपाल कम्युनिष्ट पार्टी (समाजबादी)ले जाजरकोटमा ७५ सदस्यीय जिल्ला संगठन कमिटी चयन गरेको छ । आइतवार सदरमुकाम खलंगामा भएको अगुवा कार्यकर्ता भेलामा पुर्व जिल्ला विकास समितिका उपसभापति एवं तत्कालिन एमाले नेता कृष्ण बहादुर बुढाको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला संगठन कमिटी गठन गरिएको हो । नेकपा एमाले फुटेर बनेको नेकपा समाजबादीले संगठन विस्तार गर्ने क्रममा जाजरकोटमा पहिलो पटक जिल्ला कमिटी घोषणा गरेको हो । नेकपा (एस) कर्णाली प्रदेशका ईन्चार्ज प्रकाश ज्वालाले जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा कार्यकर्ताको भावना र सरसल्लाहमा जिल्ला कमिटीको घोषणा गरेका हुन् ।

नेकपा समाजबादीको उपाध्यक्षमा कमान बहादुर खड्कालाई मनोनयन गरिएको छ । राप्रपा पृष्ठभुमिका उनी उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य समेत छन् । त्यसैगरी जिल्ला सगठन कमिटीको सचिबमा युवा बुद्धिजीवीको रुपमा रहेका गंग बहादुर शाही चयन भएका छन् । उप–सचिबमा मान बहादुर बुढालाई चयन गरिएको छ ।

bhumi-sanrakshyan

जिल्ला सगठन कमिटी सदस्यहरुमा शिव प्रसाद शर्मा, देपेन्द्र प्रसाद शर्मा, धन बहादुर पुन, अमर हमाल, दिप बहादुर थापा, बालकृष्ण बुढा, वीर बहादुर रावत, कविता जैसी, सारदा हमाल, ज्ञानु लामिछाने, अमृता वली, डम्बर सिंह, निरज आचार्य, प्रेम प्रसाद पौडेल, जानुका मल्ल, बालकृष्ण शाही, सुरेन्द्र बहादुर शाही, गणेश प्रसाद जैसी, लाल बहादुर रावत, वीर बहादुर बुढा, तुल्सी शाही, राम प्रसाद जैसी, शेर बहादुर खड्का, ओम प्रकाश शर्मा, प्रदिप खड्का, हेमराज विसी, गीता खत्री, लोक बहादुर खत्री, गणेश घर्ती, धन बहादुर शाही, डम्बर बहादुर सिंह, प्रेम बहादुर आरसी लगाएतका ७५ जना रहेको सविब शाहीले जानकारी दिए ।

कर्णालीका इन्चार्ज ज्वालाले बिसीको नेतृत्वमा रहेको ७५ सदस्य जिल्ला सगठन कमिटीले समाजवादी आन्दोलनको कार्यभारलाई पुरा गर्ने बिश्वास व्यक्त गरेका छन । नेता ज्वालाले कर्णाली प्रदेशबाट नेकपा (एमाले) लाई धुलो चटाउने पार्टी निर्माणको आधार खडा हुदै गएको जिकिर गरेका छन् ।

कम्युनिष्ट सिद्धान्त, मुल्य, मान्यता र आचरणमा रहेका नेता कार्यकर्ताहरुलाई पद, कुर्सी र पैसाको मोह नहुने बताउदै नेकपा (एस) की केन्द्रीय सदस्य राम कुमारी झाँक्रीले पद, कुर्सी र पैसाको मोह कम्युनिष्ट आचारण र नैतिकतामा रहन नसक्ने पार्टी नेताहरुमा हुने भनाई छ । सच्चा कम्युनिष्ट कार्यकर्ताले निष्ठाको राजनीति गर्ने बताउदै झाँक्रीले पैसा, कुर्सी र पदको बार्गिनिङ्ग बेमानहरुले गरिरहेको बताइन ।

पार्टीको सिद्धान्त र नीतिप्रति ईमान्दार नेता कार्यकर्ताहरुले सधैभरी बिद्रोह गर्ने बताउदै चर्चित महिला नेतृ झाँक्रीले कम्युनिष्ट आचरण र नैतिकतामा लैस भएका नेता कार्यकर्ताहरुले माधव कुमार नेपालको नेतृत्वमा नेकपा (एमाले) बाट बिद्रोह गरेको बताइन । नेकपा (एस) ले तय गरेको समाजवादी यात्रालाई पुरा गर्न कर्णाली प्रदेश आधारभुमी भएको बताउदै झाक्रीले प्रतिगमन र सर्वसत्तावाद विरुद्धको संगठित पहिलो विद्रोह कर्णाली प्रदेशबाटै सुरु भएको बताइन । नेकपा (एस) ले तय गरेको समाजवादी यात्रालाई पुरा गर्न जाजरकोट लगाएत सिङ्गो कर्णाली प्रदेशमा देखिएको नयाँ उभारले देश भरीनै नयाँ स्फुर्ती पैदा गरेको दावी गरिन ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya