राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा प्रतिबन्धित हाब्रे(रेडपाण्डा)को छाला सहित एक युवक पक्राउ परेका छन् । जिल्लाको बारेकोट गाउँपालिका–५ नायकवाडा बस्ने काले कामीको छोरा बर्ष १९ को लोकेश परियारलाई प्रहरीले पक्राउ गरेको हो । रेडपाण्डाहरुको छाला बिक्री गर्न भनि नलगाड नगरपालिका वडा नं. ५ कालीमाटी स्थित होटलमा ल्याई आएको छ भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक डिएस्पी मधुकुमार थापाले बताए ।
थापाका अनुसार होटल तथा सम्पुर्ण कोठाहरु खान तलासी गर्ने क्रममा सो होटलको माथिल्लो तलाको २ नम्वर कोठा भित्र निज लोकेश परियार र निजको साथमा रहेको झोला फेलापारी रितपुर्वक खान तलासी गर्दा झोला भित्र रेडपाण्डा जस्तो देखिने जनावरको ४२ ईन्च लम्वाई भएको ठुलो छाला थान १ र टाउको नभएको २२ ईन्च लम्वाई भएको सानो छाला थान १ फेला पारी सो छाला रितपुर्बक बरामद गरी निज परियारलाई पक्राउ गरिएको हो । पक्राउ परेको परियार बारे थप अनुसन्धान कार्य भई रहेको र आवश्यक कार्वाहीको लागी जिल्ला वन कार्यालय खलङ्गा जाजरकोटसंग समन्वय भई रहेको डिएस्पी थापाले बताए
हाब्रेको छाला सहित युवक पक्राउ
