September 21 - 2021, Tuesday५ आश्विन २०७८, मंगलवार

कार्यकर्ता कुटपिटको विरोधमा काँग्रेस द्धारा चौरजहारी बन्द !

राजेन्द्र कार्की । जाजरकोट

आफ्ना कार्यकर्ता कुटिएको विरोधमा नेपाली काँग्रेस पश्चिम रुकुम चौरजहारीले मंगलवार चौरजहारी बन्द गरेको छ ।सत्तारुढ नेपाली काँग्रेस निकट नेपाल बिद्यार्थी संघका नेता दिपेश ओली र दिलबहादुर ओलीलाई माओवादीको युवा संगठन वाईसियलले काँग्रेसको कार्यक्रममा सहभागी भएको आरोपमा आक्रमण गरेर घाईते बनाएको भन्दै त्यसको बिरोधमा नेपाली काँग्रेस चौरजहारी नगर कार्यसमितिले बजार बन्द गराएको हो ।

वाईसियलका चौरजहारी नगर अध्यक्ष लालबहादुर कटुवाल सहित ८ जनाको समुहले ज्यान मार्ने उद्धेश्यका साथ दिपेश र दिलबहादुर माथी आक्रमण गरेर भागेकोले उनीहरुको पक्राउ र कारबाहिको माग गर्दै बन्दको आह्वान गरिएको नेपाली काँग्रेस चौरजहारीका नगर सभापति परमेश्वर भण्डारीले बताए । उनले घटनामा संलग्नहरुलाई स्थानीय सरकारले लुकाएर राखेको आरोप लगाए । चौरजहारी नगरपालिकाको नेतृत्व माओवादीका विशाल शर्माले गरेका छन् । उनका अनुसार सार्वजनिक यातायात, व्यापार व्यवसाय, शैक्षिक सस्था र केही सरकारी कार्यालय बन्द भएका छन् ।


बन्दको आह्वान सँगै बजार क्षेत्र मंगलवार बिहानै देखि सुनसान भएको छ । काँग्रेस कार्यकर्ताहरु बिहानै देखि बन्द सफल पार्नको लागि परिचालन भएका छन् ।

गत भदौ २० गते चौजहारीमा भएको काँग्रेसको नगर भेलाबाट फर्कदै गर्दा उहाँहरु माथी मेलैनाउली भन्ने स्थानमा आक्रमण भएको थियो । दुबै जनाको चौरजहारी अस्पतालमा उपचार भैरहेको छ । केन्द्रमा माओवादी र काँग्रेसको सत्ता गठनबन्धन भएपनि रुकुममा माओवादीको धङधङी तत्कालिन शसस्त्र युद्धकालकै रहेको काँग्रेस नेता खडग डाँगीले बताए । अर्थमन्त्री जनार्दन शर्माको संरक्षण र आडमा माओवादी कार्यकर्ताले अराजक गतिविधी गरिरहेको नेता डाँगीको आरोप छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot