लागुऔषध कारोवारमा संलग्न थप दुई जना पक्राउ

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा लागु औषध कारोरावरमा संलग्न थप दुई जना पक्राउ परेका छन् । जिल्लाको भेरी नगरपालिका ४ निवासी २६ बर्षका शान्तबहादुर विक र बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका १० स्थायी ठेगाना भई हाल जाजरकोट खलंगामा बस्ने २० बर्षका रमन सिंह पक्राउ परेका हुन् । यस अघि चार जना पक्राउ भैसकेका छन् । उनीहरुकै बयानका आधारमा थप दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत साउन २५ गते लुकाइछिपाई अवैध लागु औषध चरेस लिन थालेका एक भारतीय सहित दुई जनालाई जाजरकोट प्रहरीले पक्राउ गरेको थियो । भारतको प्रभुद्ध नगर नेशनल मार्केट निवासी ३१ बर्षिय मूताविन अहमद र बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका ११ का २० बर्षिय उबेद खानलाई जिल्ला सदरमुकाम स्थित शान्तिचौतारा बसपार्कबाट एक केजी चरेस सहित पक्राउ गरिएको थियो । उनीहरुकै बयानका आधारमा चरेस ओसारपसारमा संलग्न भएको आरोपमा जिल्लाको भेरी नगरपालिका २ डिगा निवासी ५० बर्षिय चक्रबहादुर थापा र भेरी नगरपालिका ४ निवासी विजय भारतीलाई प्रहरीले गत साउन २७ गते पक्राउ गरिएको थियो । यस अघि पक्राउ गरिएकाहरुको बयानका आधारमा थप मानिस पक्राउ हुने क्रम जारी रहेको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए । पक्राउ परेका सवैलाई अदालतबाट म्याद थपाएर अनुसन्धान भैरहेको थापाले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad