वाइसिएलका जिल्ला अध्यक्ष काँग्रेसमा, तरुण विभाग कर्णाली प्रदेश उपसंयोजकको जिम्मेवारी

प्रवाह संवाददाता । जाजरकोट

नेकपा माओवादी केन्द्रको युवा दस्ता योङ्ग कम्युनिष्ट लिग (वाइसियल) जाजरकोटका अध्यक्ष भीमवहादुर जिसीले माओवादी केन्द्र परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा जिसीले पार्टी प्रवेश गरेका हुन् । जिसी सहित धेरै युवाहरु काँग्रेसमा प्रवेश गरे सँगै माओवादीलाई ठुलो झड्का लागेको छ ।

bhumi-sanrakshyan

माओवादी केन्द्र छोडेर काँग्रेस प्रवेश गरेका जिसीलाइ नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सभा संसदीय दलका नेता जीवनवहादुर शाहीले पार्टी सदस्यता दिएर स्वागत गरे ।

नेपाली काँग्रेसमा प्रवेश गरेका जिसीलाइ स्वागत गर्दै शाहीले नेपाली काँग्रेसको विचार सिद्धान्त र आस्थाका माध्यमवाट लोकतान्त्रिक समाजवादको लक्ष प्राप्तिमा जिसीको भुमिका उदाहरणीय रहने विस्वास ब्यक्त गरे । नेपालमा लोकतन्त्र, देश र जनताका अधिकार संकटमा परेका काँग्रेसले नै अन्तिम नेतृत्व लिने र सफल हुने गरेकोले सवै युवाहरु काँग्रेसको वाटोमा आउनु पर्ने वताए । कार्यक्रममा नेपाली काँग्रेस जाजरकोटका सचिव खडक विसी, नेता मुक्तिप्रसाद आचार्य, नेपाल विद्यार्थी संघका अध्यक्ष ललित वस्नेत,शिक्षक संघका केन्द्रिय सदस्य धिरेन्द्र शाह, प्रेस युनियनका पुर्व अध्यक्ष राजबहादुर सिंह, युवा नेता दिपेन्द्र राना लगाएतको उपस्थिति रहेको थियो ।

काँग्रेस प्रवेश गरे सँग्र जिसीलाइ नेपाली काँग्रेसको तरुण विभागको कर्णाली प्रदेशको उपसंयोजकको जिम्मेवारी तोकिएको काँग्रस केन्दिय सदस्य तथा तरुण विभागका केन्द्रिय संयोजक शंकर भन्डारीले वताए ।

 

उनले माओवादी केन्द्रको ठुलो जिम्मेवारी पाएको होनहार युवा काँग्रेसमा प्रवेस गर्दा सम्मान स्वरुप पार्टीमा महत्वपुर्ण जिम्मेवारी दिइएको वताए । माओवादी केन्द्रमा लामो समय देखि युवा अभियानको नेतृत्व गरिरहेका जिसीले माओवादी पार्टी सांगठनिक र वैचारिक रुपमा विचलित भएकोले आफुले काँग्रेस रोजेको वताए ।

 

नेपालमा लोकतन्त्र, जनताको शासन र जनताका हक अधिकारको लागि वास्तविक रुपमा लडेको पार्टी नै काँग्रेस भएको पछिल्ला घटनाक्रमहरुले पुष्टि गरेकोले आफु काँग्रेसमा प्रवेस गरेको वताए । आफु संगै माओवादीका अन्य कार्यकर्ताहरु पनि काँग्रेसमा आउने तयारीमा रहेको उनले वताए ।

जिसी लगाएतका माओवादी तथा अन्य कम्युनिष्टका युवाहरु काँग्रेसमा प्रवेश गर्नु जनताको काँग्रेस प्रतिको भरोसा वढ्दै गएको अनुभुति आफुहरुले गरेको काँग्रेस जाजरकोटका सचिव खडक विसीले वताए । उनले जिसी लगाएत काँग्रेसमा आउने अन्य युवाहरुलाइ पार्टीमा उचित जिम्मेवारी दिएर सम्मान गरिने पनि वताए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya