December 3 - 2021, Friday१७ मंसिर २०७८, शुक्रबार

लागुऔषध चरेस ओसारपसारमा संलग्न थप दुई जना पक्राउ

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा लागु औषध कारोरावरमा संलग्न थप दुई जना पक्राउ परेका छन् । जिल्लाको भेरी नगरपालिका २ डिगा निवासी ५० बर्षिय चक्रबहादुर थापा र भेरी नगरपालिका ४ निवासी विजय भारतीलाई प्रहरीले बुधवार पक्राउ गरेको हो ।

गत शनिवार लुकाइछिपाई अवैध लागु औषध चरेस लिन थालेका एक भारतीय सहित दुई जनालाई जाजरकोट प्रहरीले पक्राउ गरेको थियो । भारतको प्रभुद्ध नगर नेशनल मार्केट निवासी ३१ बर्षिय मूताविन अहमद र बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका ११ का २० बर्षिय उबेद खानलाई जिल्ला सदरमुकाम स्थित शान्तिचौतारा बसपार्कबाट एक केजी चरेस सहित पक्राउ गरिएको थियो । उनीहरुकै बयानका आधारमा चरेस ओसारपसारमा संलग्न भएको आरोपमा थापा र भारतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए । थापा कालिका आधारभूत विद्यालय डिंगाका शिक्षक हुन् ।

जिल्ला अदालत जाजरकोटले उनीहरु सवैलाई १२ दिनको म्याद दिएर अनुसन्धान गर्न आदेश दिएको छ । थप अनुसन्धान भैरहेको थापाले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot