जाजरकोटमा मास्क बैंक स्थापना गरिने

lagu ausadhi biruddha abhiyan jajarkot

हुनेले दिऔ, नहुनेले लिऔं

टुकमाया घर्ती । जाजरकोट

कोरोना महामारीको संक्रमण पुनः बढ्न सक्ने अवस्था देखिएपछि जाजरकोटमा विपन्न र असहाय समुदाय का लागि मास्क बैंक स्थापना भएको छ । सवै विपन्न समुदायका व्यक्तिहरुले दिनहु मास्क किनेर लगाउन असम्भव देखिएकाले मास्क बेैक स्थापना गर्न लागिएको यार्सन जाजरकोटका कार्यक्रम प्रवन्धक सहदेव बस्नेत ले जानकारी दिए ।

ए हजुर तपाईंको माक्स खोइ ? अभियान अन्तरगत सोमवार आयोजित र्याली तथा मास्क वितरन कार्यक्रममा विपन्न समुदायको समस्यालाई ध्यानमा राखी यस मास्क बैंक स्थापनाको अवधारणा संस्थाले सवै सरोकारवालाहरुको समन्वयमा अगाडि वढाएको बस्नेतले जानकारी दिए । मास्क खोइ अभियानको समापन को क्रममा आयोजित कार्यक्रममा यार्सनका जिल्ला कार्यक्रम प्रवन्धक सहदेव बस्नेतले मास्क बेैक स्थापनाको घोषणा तथा जानकारी गराए ।

हुनेले दिऔं, नहुनेले लिऔं यस अवधारणा अन्तरगत सवै सँग सामाग्री तथा नगद योगदान लिएर सन्चालन गरिने छ । जिल्लास्तरिय कोभीड व्यवस्थापन समिति सँगको सम्पर्क समन्वय र रेखदेखमा यो मास्क बैंक सन्चालन गरिने छ । त्यसको लागि संस्थाले आफ्नो तर्फ वाट बैकमा एब हजार पीस मास्क जम्मा गर्ने यार्सन जाजरकोटले जानकारी दिएको छ ।

सो बैक स्थापनाको कार्य अगाडि वढिसकेको र हाल उपयुक्त स्थानमा कोठाको व्यवस्था नहुन्जेल सम्मको लागि यार्सन जाजरकोटको भेरी नगरपालिका ४ रामजानकी टोलमा रहको पाइला एफएम नजिकको कार्यालयमा सम्पर्क राख्नको लागि संस्थाले आहन गरेको छ । कार्यालयमा आएर नहुनेले मास्क लिने र सहयोगि दाताहरुले नगद वा जिन्सी सहयोग गर्न सकिने छ । यस मास्क बैक सन्चालन कार्यका लागि संस्थाले आफ्नो तर्फवाट एक जना स्वंसेवक परिचालन गर्ने जनाएको छ ।

साथै साप्ताहीक रुपमा आएको सहयोग र भएको सामाग्री खर्चको विवरण सार्वजनिक गरिने संस्थाले जनाएको छ । जिल्ला स्तरिय कोभीड व्यवस्थापन समिति का अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी प्रेम प्रशाद देवकोटाले जिल्लामा कोभिड १९ महामारीको तेस्रो भेरीयण्टको प्रभाव वाट वच्नको लागि मास्क को प्रयोग अनिवार्य भएको बताए । मास्क को प्रयोग वाट नै कोभीड १९ वाट वच्ने उपाय मास्क भएकाले मास्क बैक स्थापना गर्नु नमुना कार्य हुने बताए । अभियान अन्तरगत आजनै रकम र मास्क सहयोग को क्रम अगाडि वढिसकेको जानकारी यार्सनका कोभीड स्वंसेवक छविराज सिंह जानकारी दिए । यस अभियान अन्तरगत इच्छुक सहयोगि व्यक्ति तथा संस्थाहरुले यार्सन जाजरकोट मा ९८४८०२६९१२ मा सम्पर्क गर्न सकिने संस्थाले जानकारी दिएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad