जाजरकोटमा भारतीय सहित दुई जना पक्राउ

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटबाट लुकाइछिपाई अवैध लागु औषध चरेस लिन थालेका एक भारतीय सहित दुई जनालाई जाजरकोट प्रहरीले पक्राउ गरेको छ ।
भारतको प्रभुद्ध नगर नेशनल मार्केट निवासी ३१ बर्षिय मूताविन अहमद र बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका ११ का २० बर्षिय उबेद खानलाई जिल्ला सदरमुकाम स्थित शान्तिचौतारा बसपार्कबाट पक्राउ गरिएको प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए ।

 

भे १ ज ९०७ नम्बरको भाडाको बुलेरो जीपमा एक केजी चरेश सहित नेपालगञ्ज तफै लैजादै गर्दा विशेष सुराकीका आधारमा ति दुई जनालाई पक्राउ गरिएको पाण्डेले बताए । प्रहरीले खानतलासी गर्दा भारतीय नागरिक अहमदबाट ४५ हजार पाँच सय भारतीय रुपैया र नेपाली नागरिक खानबाट नेपाली पाँच हजार रुपैया बरामद गरिएको पाण्डेले बताए । जिल्ला अदालत जाजरकोटले दुवै जनालाई १२ दिनको म्याद दिएर अनुसन्धान गर्न आदेश दिएको छ ।

 

दुवै जनालाई लागु औषध कारोबार ऐन अनुसार मुद्धा दायर गरिने प्रहरी निरीक्षक पाण्डेको भनाइ छ । चरेस कारोवारी सम्म पुग्नका लागि थप पहल भैरहेको छ । पक्राउ परेकाहरुले दिएको जानकारीका आधारमा तीन जनालाई सोधपुछका लागि ल्याएका छौ । थप सुचना आउँदैछ । त्यही भएर उनीहरुको नाम सार्वजनिक गरेका छैनौ पाण्डेले भने ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad