३४ बुदे माग पुरा गराउन शिक्षकहरु रिले अनसनमा

राजेन्द्र कार्की । जाजरकोट

३४ बुदे माग राखि आन्दोलनमा उत्रिएका शिक्षकहरुले शुक्रवार देशभर रिले अनसन बसेका छन् । केन्द्रिय कार्यक्रम अनुसार नेपाल शिक्षक महासंघको आयोजनामा जाजरकोटका शिक्षकहरु शिक्षा विकास तथा समन्वय इकाइमा शुक्रवार दिनभर रिले अनसनमा बसेका हुन् ।

बैशाख २० गते देखि चरणबद्ध आन्दोलन गर्दे आएको महासङ्घले चौथो चरणको आन्दोलन अन्र्तगत शुक्रवार बिहान ८ बजे देखि दिउसो ४ बजे सम्म शिक्षा विकास तथा समन्वय इकाईमा रिले अनसन बसेको छ ।

bhumi-sanrakshyan

महासंघका सहअध्यक्ष तिलकबहादुर खत्रीलेले देशै भरिका शिक्षकहरु आन्दोलित भएको र नेपाल सरकारसँग बारम्बार शिक्षकलाई गरेको विभेदको अन्त्यका लागि, शिक्षा ऐन ल्याउन र उच्च स्तरीय प्रतिवेदन सार्वजनिक गर्नका लागि दबाब सिर्जना गरिरहेको बताए ।


त्यस्तै नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष जनकबहादुर सिंहले राज्यले शिक्षकहरुका माग सुन्न बाध्य हने गरि आन्दोलनमा होमिएको बताए । यस पछि यो चरणका दुईवटा कार्यक्रम बाँकी रहेको र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आउने शुक्रबारको धर्नाकार्यक्रम रहेको र त्यसपछि प्रधानमन्त्रीको निबास अगाडी धर्ना गरिने जानकारी दिए । त्यसपछि पनि माग सुनुवाई नभए पाचौँ चरणको आन्दोलनमा काठमाडौंको सडकमा सम्पुर्ण शिक्षक जाने र माग सम्बोधन गर्न बाध्य पर्ने बताए ।

नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष आशा कार्कीले मुलुक संघियतामा पुग्दापनि संघिय शिक्षा नआई पञ्चायतकालिन ऐनबाट सञ्चलन भइरहेको करणले शिक्षकले अपेक्षा गरेका सुधारका परीणामहरु अबरुद्ध भएको बताइन । स्थानीय तहलाई शिक्षा जिम्मा दिएका कारण धेरै विकृतिहरु आएको उनको तर्क छ । विगतमा गरेको ३० बुँदे सहमति र अहिले नेपाल शिक्षक महासंघले ३४ बुँदे माग राखेको र वजेटले गरेको विभेद लगायत समग्र कारणले शिक्षाको रुपान्तरण नभई पुरातन शैलिबाट भएका कारणले सुधारका लागि आन्दोलन गर्नु परेको उनको भनाइ छ ।

मुख्य गरेर शिक्षामा बजेट बढाउनु पर्ने, राहत शिक्षक, ईसिडि शिक्षक, साविक उच्च माविका शिक्षकहरुको समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीहरुको समस्या समाधान, छिटो संघिय शिक्षा ऐन ल्याउनु पर्ने लगायत ३४ सुत्रिय माग राख्दै महासंघले चरण बद्ध आन्दोलन गरिरहेको छ

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya