प्रवाह संवाददाता । जाजरकोट
शिक्षक हरुको सझा संगठन नेपाल शिक्षक महासङ्घ भेरी नगर समिती जाजरकोटले विभिन्न ८ बुदे शैक्षिक तथा पेसागत माग राख्दै भेरी नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । बाल कक्षा सहजकर्ताको दरबन्दीको ब्यवस्था, राहत शिक्षकको कार्य क्षमताका आधारमा म्याद थप्नु पर्ने प्रावधानको अन्त्य, नगर शिक्षा समितिमा शिक्षक महासंघको अनिवार्य प्रतिनिधित्व लगायतका ८ बुदे माग पेश गरिएको हो ।
उक्त कार्यक्रममा नेपाल शिक्षक महासङघ भेरी नगर समितिका अध्यक्ष कमल बहादुर चन्दले ध्यानाकर्षणपत्र भेरी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख अनिश शाह समक्ष पेस गरेको छ । कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका जाजरकोट जिल्ला सचिव रुद्र बहादुर वलि , एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला सचिव उत्तर बटाला , शिक्षक संङघ भेरी नगरपालिकाका कार्यबाहक अध्यक्ष दिपक बटाला लगाएत अन्य शिक्षक हरुको पनि उपस्थिती थियो ।
ध्यानाकर्षण पत्र बाचन पश्चात् अध्यक्ष कमल चन्द बोल्दै आफुहरुका जायज माग पुरा नभए थप संघर्शका कार्यक्रम घोषण गर्ने चेतावनी दिएका छ्न । जवाफमा निमित्त कार्यकारी प्रमुखले घोषणा पत्र नगर शिक्षा समितिमा पेश गर्ने र कार्यन्वनको लागि आफ्नो पहल रहने प्रतिवद्धता जनाएका छ्न ।