मनकला हत्याः तीन जना पक्राउ, घटनाको निन्दा, कारवाही गर्न माग

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । पश्चिम रुकुम

पश्चिम रुकुम त्रिबेणि गाउपालिका– ४ छहरेमा हत्या गरिएकी मनकला खत्री खड्का घटनाको सन्दर्भमा सोधपुछका लागि ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले एकै घरका ३ जनालाई सोधपुछका लागि सदरमुकाम ल्याइएको र आवश्यक अनुसन्धान भैरहेको बताए । संकास्पद उनीहरुलाई मंगलवार नै नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका मध्य २ जना १८ बर्ष मुनिका छन् । प्रहरीले उनीहरुको नाम खुलाएको छैन ।

प्रहरीले घटनास्थलबाट शंकास्पद वस्तु टर्च लाइट, कपडाहरु पनि फेला पारेको जनाइएको छ । सोमबार राति मनकलाको घर नजिकैको भैसी गोठ मुनि मकैबारीमा हत्या भएको थियो । घर नजिकै रहेको गोठमा भैंसीलाई घाँस हाल्न गएकी मनकला रातिसम्म नफर्केपछि उनको खोजि भएको थियो । खोजिका क्रममा मनकलाको गोठबाट फर्कने बाटो भन्दा केही तल शव भेटिएको थियो । मनकलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको जिल्ला प्रहरी प्रमुख श्रेष्ठले बताए ।

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका ४, मा भएको घटनाप्रति जिल्ला स्थित विभिन्न संघ संस्थाले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । आफ्नै भैंसी गोठमा वस्तुभाउलाई घाँस हाल्न गएकी २६ वर्षीया मनकला खत्री खड्काको हत्याको भत्र्सना गदै संघ संस्थाहरुले दोषि उपर कारबाहीको माग गरेका छन् । अन्तर पार्टी महिला सञ्जाल, नेपाल पत्रकार महासंघ, हरप्लेस, महिला पुनस्थापना केन्द्र, इन्सेक र महिला मानव अधिकार रक्षक सञ्जालले सयुंक्त विज्ञप्ती जारी गरी घटनामा संलग्नलाई हदैसम्मको कारबाहीको माग गरेका हुन् ।
मकैबारीमा लछारपछार गरी विभत्स ढंगले गरिएको हत्याले मानिसको अपराधिक मनोवृत्ति उदांगिएको भन्दै विज्ञप्ती मार्फत घटनाको घोर भत्र्सना गरिएको छ ।

 

त्यस्तै नेपाली काँग्रेस पश्चिम रुकुमले पनि मंगलवार नै विज्ञप्ती घटनाको सत्यतथ्य अनुसन्धान गरि दोषीलाई कानुनी कठघरमा उभ्याउन माग गरेको छ । पार्टी सभापति प्रेमप्रकाश वली द्धारा जारी गरिएको विज्ञप्तीमा समाजमा दिनानुदिन बढदै गएको अराजकता, दम्भ, अहड्ढार र बढ्दो दण्डहीनता नै यस्तो अपराधिक घटनाको कारक भएको ठहर रहेको उल्लेख गरिएको छ ।

आफ्नो घर आगन मा महिला सुरक्षित हुन नसक्नु निकै दुःखद र निन्दनीय कुरा हो समाजमा दिनानुदिन हुने महिला हिँसाका घटना ले सम्पुर्ण समाजलाइ नै स्तब्ध बनाएको छ विज्ञप्तीमा भनिएको घटना रहस्यमय र सङकासपत भएकाले अनुन्धानको दायरा फराकिलो पारी त्रसित र आतङकित समाजमा शान्ति सुरुक्षा को प्रत्याभूत गराउन नेपाल सरकार र स्थानीय प्रशासन सँग जोडदार माग गरिएका छ ।
मनकलाको टाउकोमा धारिलो हतियार प्रहार गरेको चार वटा गहिरो चोट लागेको छ । उनको नाक, कान र घाँटीमा भएका सबै गरगहना लुटिएको छ । टाउकामा धारिलो हतियारको गहिरो चोट छ भने एउटा कान पूरै काटिएको छ अर्को कान च्यातिएको अवस्थामा छ ।

हत्यामा कसको संलग्नता हो अहिलेसम्म केही खुलेको छैन । पोष्ट मार्टम पछि अरु कुरा खुल्दै जाला । अहिले घटनाबारे केहीलाई सोधपुछ गर्ने कार्य चलिरहेको प्रहरी प्रमुख श्रेष्ठले बताए । अनुसन्धानका लागि बाँकेबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले बताए । मृतकका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर रहेका छन् । सात बर्षिय एक छोरा र सासुआमा घरमा छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad