राजेन्द्र कार्की । जाजरकोट
पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता एक बालक चार दिन सम्म पनि फेला पर्न सकेका छैनन् । रुकुम पश्चिम चौरजहारी नगरपालिका १ निवासी थलबहादुर सुनारका १४ बर्षिय छोरा चिरीञ्जीवी सुनार गत शुक्रवार पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
साथीहरु सँगै भेरीमा पौडि खेल्न गएका ति बालकलाई नदीले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । बेपत्ता बालकलाई चार दिन देखि प्रहरी र स्थानियले खोजी गरिरहेको भएपनि फेला पार्न सकेका छैनन् । नदीमा पानीको सतह बढ्दै गएकोले खोजी कार्यमा समेत कठिनाई भएको बुवा थलबहादुरले बताए । ति बालक गोल्डेन एनपि बोडिङ्ग स्कुलबाट हालै सात कक्षा उतिर्ण गरेका थिए ।