काँग्रेसलाई विपीको आदर्श र विचारबाट विचलित नहुन कार्यकर्ताको आग्रह

lagu ausadhi biruddha abhiyan jajarkot

नवराज शाही । जाजरकोट

विपीको आदर्श र विचारबाट विचलित नहुन काँग्रेसलाई कार्यकर्ताले आग्रह गरेका छन् । जननायक विपी कोइरालाको सपना र लक्षलाइ नभुलेर काम गर्न काँग्रेस नेतृत्वलाइ यहाँका काँग्रेसनले सुझाव दिएका छन् । लोकतान्त्रिक समाजवाद मार्फत नेपाली समाजको रुपान्तरण र समृद्धिका लागि विपी कोइरालाले सुरु गरेको अभियानलाइ सफल वनाउन पार्टीको तल्लो तह देखि माथि सम्मकै नेता कार्यकर्ताहरुले आफुलाइ सुधारेर जानु पर्ने उनीहरुले सुझाव दिएका छन् ।

३९ औं विपी स्मृति दिवसको अवसरमा सामाजिक लोकतन्त्र अध्ययन केन्द्र जाजरकोटले सदरमुकाम खलंगामा आयोजना गरेको विपीको सपनाको नेपाली काँग्रेस र हाम्रो दायित्व विषयक छलफल तथा भेटघाट कार्यक्रममा वोल्दै उनीहरुले पार्टी नेतृत्वलाइ यस्तो सुझाव दिएका हुन् । सदरमुकाम खलंगाको थाप्ले स्थित नेपाली काँग्रेसको पार्टी कार्यालय विपी स्मृति भवनमा आयोजित उक्त विषयको छलफलमा वोल्दै नेपाली काँग्रेसका जिल्ला स्तरीय नेता कार्यकर्ता र शुभेच्छुकहरुले पार्टी नेतृत्वले विपीको वाटो भुलेका कारण पार्टी अप्ठेरो अवस्थामा आइपुगेको धारणा राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि एवम सामाजिक लोकतन्त्र अध्ययन केन्द्र कर्णाली प्रदेश समितिका संयोजक इलमवहादुर शाहीले विपीले वहुत कठिन अवस्थामा स्थापना गरेको पार्टी वास्तविक नेता कार्यकर्ताहरुको हुन धेरै व्यवधानहरु रहेको वताए । उनले विपी कोइरालाले प्रतिपादन गरेको नेपाली माटो सुहाउदो लोतान्त्रिक समाजवादलाइ प्रयोग गराउने काममा काँग्रेसको नेतृत्वले इमान्दारीता देखाउनु पर्ने वताए ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँग्रेस जाजरकोटका उपसभापति सर्पराज रावतले विपीले नेपाली काँग्रेसलाइ गरिवहरुको हितका लागि स्थापना गरेको वताए । विपी जस्तो महान विचारक तथा जननायकले स्थापना गरेको पार्टी यो वेला अप्ठेरोमा पर्नु अहिलेको नेतृत्वको कम्जोरी भएको वताए । 
यस्तै नेपाली काँग्रेस जाजरकोटका सचिव खडक विसीले विपी कोइराला जस्तो दुरदर्शि र सक्षम नेताले स्थापना गरेको पार्टी र अगुवाइ गरेको आन्दोलनलाइ सफल गन्तव्यमा पुराउने दायित्व आफुहरुको भएको वताए । उनले महामानव विपी कोइरालाले निर्माण गरेको गर्विलो इतिहास र पार्टीलाइ वचाएर जनहितका लागि चलायमान वनाउने काममा सवैको साझा दायित्व र भुमिका रहेको वताए ।

अर्का सचिव भुमिलाल रोकायले पार्टीलाइ वलियो र चलायमान वनाउन नेता कार्यकर्ताहरुले विपीले जतिकै दुख र संघर्ष गर्नु पर्ने वताए । विपीले धेरै कठिन परिस्थितिमा निर्माण गरिदिएको पार्टी सुखारी नेता कार्यकर्ताहरुको कारण अप्ठेरोमा परेको उनले वताए ।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्र जाजरकोटका संयोजक जनक केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रमा कुशगाउँपालिकाका उपाध्याक्ष रामछाया शाही, नेपाली काँग्रेस जाजरकोटकी सहसचिव धनसरासिंह शाही, नेपाली काँग्रेस जाजरकोटका सदस्य खडक विसी, सामाजिक लोकतन्त्र अध्ययन केन्द्र जाजरकोटकी सदस्य रेखा शाह,नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य राजेन्द्र कार्की, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भीमवहादुर सिंह, स्कुल अफ डेमोक्रेसी जाजरकोटका अध्यक्ष कमल चन्द, नेपाल शिक्षक संघ जाजरकोटका अध्यक्ष आशा कार्की शाह, नेपाली काँग्रेसका नेता जनकराज शर्मा , नेपाली काँग्रेस कुशे गाउँपालिका समितिका सभापति दलवहादुर थापा, नेपाल विद्यार्थी संघ जाजरकोटका अध्यक्ष ललित वस्नेत, नेपाल तरुण दलका सचिव रमेश शर्मा, दलित नेत्री हजारी नेपाली लगाएतले आफनो धारणा राख्दै विपीको सपनाको नेपाली काँग्रेस वनाउनका लागि गाउँ देखि केन्द्र सम्म सुधारको अभियान सुरु गर्नु पर्ने वताए ।

उनीहरुले सवै नेता कार्यकर्ता र शुभेच्छुकहरु पार्टी निर्माणको अभियानमा इमानदारीता र सत्य निष्ठा पर्वुक लाग्नु पर्ने धारणा राखे । कार्यक्रमलाइ समापन गर्दै कार्यक्रमका अध्यक्ष एवम सामाजिक लोकतन्त्र अध्ययन केन्द्र जाजरकोटका संयोजक जनक केसीले लोकतन्त्रका मुख्य दुस्मन गरिवी र भ्रष्टाचार भएकोले यसको अन्त्यको लागि नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले पार्टी भित्रवाटै अभियान सन्चालन गरेर उक्त अभियानलाइ देशव्यापी वनाउनु पर्ने वताए ।

जनतालाइ गरिवी, अशिक्षा र वन्धनवाट मुक्ति दिलाएर समृद्ध नेपाल निर्माण गर्ने विपीको सपना पुरा गर्ने कार्यभार अहिलेका नेता कार्यकर्ताहरुमा आएकोे संयोजक केसीले वताए । काँग्रेसको गौरवपुर्ण इतिहास र विपी कोइरालाको योगदानलाइ सवै काँग्रेसीजनले अनुसरण गरेर अघि वढेमा मात्र अप्ठेरोमा परेको काँग्रेसलाइ पार लगाउन सकिने केसीको भनाइ छ । कार्यक्रमा नेपाली काँग्रेस निकट एक सय वढी नेता कार्यकर्ता र शुभचिन्तकहरुको सहभागिता थियो ।

यसैवीच, विपी स्मृति दिवसको अवसरमा स्कुल अफ डेमोक्रेसी जाजरकोटले नेपाली काँग्रेस पार्टी कार्यालय परिसरमा बृक्षारोपण गरेको छ । विभिन्न जातका करीव तीन दर्जन विरुवा रोपिएको अध्यक्ष कमल चन्दले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad