अवैध घरेलु मदिरा नष्ट

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा प्रहरीले ठुलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय र मालिका सामुुदायिक सेवा केन्द्रको आयोजनामा भेरी नगरपालिका ३ तल्लो थाप्ले र भेरी नगरपालिका २ रिसाङ्गबाट घरेलु मदिरा, मदिरा बनाउने प्रयोग गरिने औषधी र जाँड तथा भाँडा बर्तन बरामत गरिएको हो ।

संकास्पद स्थानहरुमा छापा मार्दा एक हजार लिटर जाँड, पाँच सय लिटर रक्सी र ८० केजी जाँड बनाउन प्रयोग गरिने कच्चा पर्दार्थ औषधी फेला परेको प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीले बताए । साथै रक्सी बनाउन प्रयोग गरिने आठ थान भाँडा बर्तन समेत बरामत गरिएको उनले बताए । उक्त सवै मदिरा र मदिराजन्य पदार्थ स्थानियको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । पहिलो पटक भएकोले मदिरा उत्पादन तथा विक्रिवितरण गर्नेलाई सम्झाईवुझाई गरि छाडिएको र फेरी फेला परे कानुन बमोजिम कारवाही गरिने प्रहरी निरीक्षक क्षेत्रीको भनाई छ । गाँउघरमै घरेलु मदिरा उत्पादन गरेर विक्रिवितरण गर्दा चोरी, हत्या, हिंसा र बलत्कार जस्ता अपराधिक गतिविधि बढ्ने भएकोले यसलाई नियन्त्रणका लागि मदिरा नष्ट गर्ने अभियान थालिएको जिल्ला प्रहरी प्रमुख मधुकुमार थापाले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad