जसले युटुवमै देखिरहेका छन् भविश्य

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट बारेकोट ४ जिरी स्थायी घर भएका सुरेन्द्र बहादुर सिंह सुरेन्द्र सुमनका नामले परिचित छन् । आइएम सुमन नामबाट युटुव च्यानल चलाइरहेका सुमनले केही दिन अघि मात्र एक एक सय केवी अर्थात एक लाखले उनको च्यानल सस्क्राइव गरेका छन् । आफ्नो युटुव च्यानल एक लाख सस्क्राइव भएको उपलक्ष्यमा उनले आर्थिक अभावले दैनिक छाक टार्न समस्यामा परेको एक परिवारलाई खाद्यान्न र नगद सहयोग गरेका छन् ।

मेरो युटुब च्यानल आइएम सुमनमा एक लाख सदस्यहरु जोडिएको अवसरमा सानो सहयोग गरेको छु । र, यो सहयोग गर्न पाउँदा निकै सन्तोष महसुस गरेको छु उनले भनेका छन् ।

‘जाजरकोट बारेकोट–२, लिम्सा निवासी २३ वर्षीया पशुपती पुन रोकायका एक छोरा र एक छोरी छन् । उनका श्रीमान् घरपरिवारका लागि गास वासको जोहो गर्न भारत गएको करिब ३ महिना भएको रहेछ । गएको वर्ष रुखबाट लडेर उनको आमाको निधन भएपछि उनीहरु सहारा बिहिन छन् । घरजग्गाको नाममा सानो झुपडी र बारी छ, त्यो पनि अर्कैको नाममा । साँझ बिहानको छाक टार्न हरेक दिन पशुपती अर्कैको खेतबारीमा काम गर्ने गरेकी छिन् । आर्थिक अभावका कारण उनीहरुको दैनिकी निकै कष्टकर बनेको छ ।’

‘उनीहरुलाई थोरै भएपनि राहत होस् भन्ने मनसायले १५ हजार बराबरको खाद्यान्न र थोरै नगद रकम सहयोग गरेको छु । यो सहयोगका लागि मैले कसैसँग पनि एक रुपैया मागेको छैन । सबै रकम आफ्नै गोजीको हो । यसो भन्नुको अर्थ म धनी भएर सहयोग गरेको हुँ भन्ने होईन । म पनि गरिब घरपरिवारमा जन्मेको र गरिबीकै कारणले भोग्नु परेको पीडा महसुस गर्नसक्ने भएकैले यो सानो सहयोग गरेको हुँ ।’ सुमनले भने ।

उनका सवै भिडियो ग्रामिण जनजीवनमै केन्द्रित छन् । नेपाली संस्कृति, परम्परागत घर गाँउ, प्राकृतिक सौन्दर्य लगायतमा उनको युटुव च्यानल केन्द्रित छ । सन् २०१६ देखि युटुव च्यानल शुरु गरेका उनको कमाइ हुन थालेको एक बर्ष पछि अर्थात सन् २०१७ देखि हो । नियमित भिडियो कथा अपलोड गर्ने हो भने यसमा नाम र दाम दुवै कमाउन सकिने उनको बुझाई छ । भविश्य आफैमा निर्भर छ । निरन्तर मेहनत गर्न सकेमा भविश्य उज्ज्वल छ । यदि क्यामरा खेलाउन भित्रै देखि रहर छ र भिडियो बनाउने कामलाई खेल खेले जस्तै आनन्द आउँछ भने जो कोही पनि युटुवमा जम्न सक्छ उनले भने–‘तर पैसालाई फोकस गरेर युटुवमा लाग्यो भने ढिलो चाँढो असफल नै हुने हो । नयाँ पुस्तामा कतिपय पढाई नै छोडेर पनि युटुवमा लागिरहेका छन् । त्यसरी आफ्नो भविश्य विग्रिन्छ । पहिला पढाइ पुरा गर्ने त्यसपछि युटुवमा लाग्ने हो । युटुवको नीति नियम बारम्बार परिवर्तन भैरहने भएकोले युटुवमा नियमहरु कडा छ । जे मन लाग्यो त्यही भिडियो अपलोड गरेर पैसा कमाउन सकिन्छ भन्ने कतिपयमा भ्रम छ ।। त्यस्तो सोचले युटुवमा लामो समय टिक्न सकिन्न ।’


उनले जाजरकोट लगायतका कर्णालीका ग्रामिण बस्तीका आग्र्यानिक भिडियोहरु अपलोड गरेर देश विदेशमा प्रचार गरिरहेका छन् । अहिले युटुवबाट राम्रो आम्दानी समेत गरेका छन् । विदेशमा रहेकाले भिडयो हेरेपछि धेरै पैसा आउने उनको अनुभव छ । गत बर्ष मात्र उनले सात हजार तीन सय ८२ डलर अर्थात आठ लाख ७८ हजार रुपैया युटुवबाटै आम्दानी गरेका छन् । आफु सानै देखि क्यामरा खेलाउन र भिडियो, तस्वीर खिच्न निकै रहर गर्ने गरेको उनको भनाइ छ । क्यामरा सँग खेल्दा खेल्दै , भिडियो खिच्दा खिच्दै युटुव च्यानल बनाएर रहरले यो काम थालेको हुँ । पैसा समेत आउन थालेपछि झनै उत्साहित छु । मैले अझै राम्रो गर्ने सोच बनाएको छु । यसमा भविश्य पनि देखिरहेको छु । उनले भने ‘मेरो च्यानल सस्क्राइव गरेर, भिडियो हेरेर यहाँ सम्म पुरयाउने समस्त महानुभावहरुलाई हृदय देखि धन्यवाद छ ।’

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad