जाजरकोटमा १० हजारले लगाए कोभिड विरुद्धको खोप

lagu ausadhi biruddha abhiyan jajarkot

टुकमाया घर्ती । जाजरकोट

जाजरकोटमा हाल सम्म १० हजार बढीले कोभिड विरुद्धको खोप लगाएका छन् । पहिलो चरणमा स्वास्थ्य सेवा कार्यालयले पत्रकार, स्वास्थ्यकर्मी ,सरसफाईकर्मी,सुरक्षाकर्मी ,महिला.स्वास्थ्य स्वंयमसेविका गरेर २ हजार १८ जनालाई कोभिड खोप दिइएको थियो ।
दोस्रो चरण अन्र्तगत ६५ बर्ष माथिका ६ हजार ८ सय २१ जनालाई कोभिसिल्ड र भेरोसेल खोप एक हजार ८ सय उन्नाइस गरेर जम्मा १० हजार सात सय उनन्तीस जनाले खोप लगाइ सकेको स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्य सेवा ब्यवस्थापक टीकाराम जैसीले बताए ।

जाजरकोटमा कोभिटबाट हाल सम्म जिल्लामै सात जनाको मुत्यु भएको छ । कोभिड १९ पहिलो चरणभन्दा दोस्रो चरणमा आक्रामक देखिएको स्वास्थ्य सेवा ब्यवस्थापक जैसीले बताए । कार्यालयका अनुसार जाजरकोटमा हालसम्म एक हजार ६ सय ३१ जना संक्रमित भएका छन् । जसमा भेरी नगरपालिकामा संक्रमित ४ सय ९१ जना , नलगाडमा १ सय ४० जना, छेडागाडमा २ सय ९ जना, बारेकोटमा १ सय अठ्हत्तर जना, शिवालयमा ४५ जना, कुशेमा ३० जना, जुनीचादेमा ५५ जना रहेको स्वास्थ सेवा कार्यालयले निकालेको प्रतिवेदनमा उल्लेख गरेको छ । महामारी रोकथाम ,नियन्त्रण तथा उपचार सम्बन्धि बुधवार पत्रकारसग अन्र्तक्रिया कार्यक्रम सञ्चालन गरेको थियो । हाल होम आइसोलेसन ५१जना सक्रिय सन्क्रमित रहेका छन् ।

अन्र्तक्रिया कार्यक्रममा सहभागी पत्रकार तस्वीर टुकमाया घर्ती

जाजरकोटमा निषेधाज्ञामा केही खुकुलो भएतापनि सङ्क्र्मित बढ्दै गएकोले सजकता अपनाउन आग्रह गरिएको छ।कम्तिमा दुई मिटरको भौतिक दुरी कायम राख्ने ,माक्सको सही प्रयोग गर्ने ,साबुन पानीले मिचीमिची हात धुने, सेनिटाइजरको प्रयोग गरेर रोगबाट बच्न सकिने छ । सरसफाइमामा बिशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको आग्रह छ । कोभिडबाट आफू बचि अरुलाई पनि बचाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । अन्र्तक्रिया कार्यक्रममा पत्रकारले विभिन्न जिज्ञासा राखेका थिए । पत्रकार महासंघका उपाध्यक्ष सहदेव बस्नेत, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटा र स्वास्थ्य सेवा कार्यालयका महामारी फोकल ब्यक्ति कृष्णबहादुर खत्री, खोप कार्यक्रमका फोकल ब्यक्ति शान्तबहादुर बुढा र स्वास्थ्य सेवा ब्यवस्थापक जैसी लगायतले महामारी नियन्त्रणमा खेल्नुपर्ने भुमिकाबारे धारणा राखेका थिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad