मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

मोटरसाईकल दुर्घटना परेर जाजरकोटको बारेकोटमा एक महिलाको मृत्यु भएको छ । मोटर साईकल दुर्घटनामा परी घाईते भएकी बारेकोट–५ पाँखाकी ६२ बर्षिय कृष्णदेवी शाहीको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा उपचारको क्रममा मृत्यु भएको हो ।

 

बारेकोट–५ नायकबाडाका ३२ बर्षिय राजेन्द्र शाहीले चलाएको को ३७ प ५०३७ नम्बरको मोटरसाईकल बारेकोट–५ घाटमा बुधवार दिउसो २ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परेको मोटरसाईकल र सवार कृष्णदेवी सडकदेखि ५० मिटर तल खोलामा खसेका थिए । कृष्णदेवीको टाउँकोमा गहिरो चोट लागेको थियो । अत्याधिक रक्तस्रावका कारण उनको मृत्यु भएको स्वास्थ्यकर्मीको भनाई छ । चालक शाही समेत घाइते भएका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad