स्थानिय तहलाई स्वास्थ्य सामग्री वितरण

lagu ausadhi biruddha abhiyan jajarkot

बद्री पन्त । जाजरकोट

खानेपानी, सिंचाई तथा उर्जा बिकास कार्यालय जाजरकोटको आर्थिक सहयोगमा जिल्लाका सात वटा स्थानीय तह र सुरक्षा निकायलाई सरसफाई तथा स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको छ ।

 

खानेपानी, सिंचाई तथा उर्जा बिकास कार्यालय जाजरकोटका प्रमुख ज्वालाराज शाहीका अनुसार सरसफाईका लागि स्टेन सहितको हेण्ड वास सेट, प्याकेट मास्क, सेनिटाइजर, ग्लोप्स र हाईजेनिक किट लगाएतको सामाग्री वितरण गरिएको बताउनु भयो ।

 

नयाँ भेरिएन्ट सहित चलेको कोभिड–१९ को दोस्रो लहरले जिल्लामा विकराल रुप लिईरहेको वेला सरसफाई तथा स्वास्थ्य सुरक्षा सामाग्री आपूर्ती गर्न निकै जटिल भएको बेला उक्त सामग्रीले स्थानीय तहलाई केही राहत पुगेको छ । उक्त सामग्री खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति जाजरकोट मार्फत सात वटा स्थानीय तह तथा सेना, प्रहरीलाई पनि उपलब्ध गरिएको छ । ८ लाख लागतमा खरिद गरिएको मास्क, सेनिटाईजर, हाईजेनिक किट लगाएत सामग्री आइशोलेसनमा रहेका संक्रमित विरामीहरुलाई सहयोग पुगोस भनेर वितरण गरिएको प्रमुख शाहीले बताउनु भयो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad