पैकमा माओवादी र एमालेबाट एक सय बढी काँग्रेसमा प्रवेश

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाको कुशे गाँउपालिकाको पैकमा एकिकृत माओवादी केन्द्र र नेकपा एमालेका एक सय बढी कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस कुशे गाँउपालिका वडा नम्बर ८ र ९ साविक पैक गाविसको आयोजनामा भएको आम सभामा माओवादी र एमाले परित्याग गरेर एक सय १० जना काँग्रेसमा प्रवेश गरेका हुन् ।

एमाले र माओवादीका जिम्मेवार कार्यकर्ता काँग्रेस प्रवेशले उनीहरुलाई ठुलो धक्का पुगेको छ भने काँग्रेस थप मजबुद बन्दै गएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा काँग्रेस नेता बेदराज सिंहले कम्युनिष्ट सरकार देखि वाक्कदिक्क भएर काँग्रेस प्रवेश गर्नेको लहर नै चलेको बताए । उनले भने ‘धेरै मानिसले कम्युनिष्ट भन्दा काँग्रेस इमान्दार पार्टी भएको बताउँने गरेका छन् । काँग्रेसका नेता पनि धेरै राम्रा नभएपनि कम्युनिष्ट जति विग्रेका र भ्रष्ट नभएको आम बुझाइ छ । हामी जनतालाई भरोसा दिलाउन चाहन्छौ । हामी खोक्रा आश्वासन बाँड्दैनौ । जे बोल्छौ त्यही गछौ इमान्दारी पुर्वक । यही विश्वासका कारण काँग्रेस प्रति भरोसा बढेको हो ।’

bhumi-sanrakshyan

कम्युनिष्टको असली रुप जनताले बल्ल बुझ्ने मौका पाएको उनको भनाई छ । देशमा विकास होला, स्थिरता होला, सुशासन होला भनेर जनताले कम्युनिष्टलाई दुई तिहाइ नजिकको बहुमत दिए तर हेर्नु भयो चर्तिकला जताततै कमिशन, घुसखोरी, हत्या हिंसा, बलत्कार, कुशासन उनले भने अव जनताले सवै बुझी सके इमान्दार देश विकास गर्ने पार्टी भनेकै नेपाली काँग्रेस हो । त्यही भएर काँग्रेस प्रति देशभर जनलहर बढेको छ ।


कार्यक्रममा नेपाली काँग्रेका कोषाध्यक्ष तेजविक्रम शाह, कुशे गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत, उपाध्यक्ष रामछाया शाही, नेविसंघका केन्द्रिय सदस्य खडक विसी, पुर्वपार्टी सचिव कल्दर सिंह, वडाध्यक्ष देविका सिंह, खम्बजंग शाह लगायतका बक्ताहरुले बर्तमान राजनैतिक घटनाक्रम र काँग्रेसले निर्वाह गर्नुपर्ने भुमिका बारे आ आफ्नो धारणा राखेको थिए । कार्यक्रममा नवप्रवेशीहरुलाई माला, खादा र अविर लगाएर स्वागत गरिएको थियो । उनीहरुलाई काँग्रेसको साधारण सदस्यता समेत प्रदान गरिएको छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya