मन बहादुर बस्नेत
नेपाली बृहत शब्दकोशमा शिक्षक शब्दको अर्थ यस्तो छः शिक्षकः शिक्षा दिने वा विद्यालयमा पढाउने ब्यक्ति, अध्यापक,गुरु र मास्टर जस्ता शब्दहरु उल्लेख गरपिएको छ। जुन शब्दले गुरु शब्द संग नजिकको सम्बन्ध राख्दछ ुगुरुु को ुगुु ले अंधकार र ुरुु ले तेजलाई जनाउछ तसर्थ ज्ञान रुपी प्रकाश दिएर अंधकारलाई हटाउने ब्यक्ती नै गुरुको रुपमा मानित भएको पाइन्छ। शिक्षाले सिक्नु र सिकाउनु संग नजिकको सम्बन्ध राख्दछ जहाँ शिक्षकलाई भने आजको दिनमा शिक्षण सिकाइ सहजिकरण कार्यको प्रेरक,सुचना प्रवाहकर्ता, प्रवर्धनकर्ता,संस्कृतिको खुल्ला वातावरण सिर्जना गर्ने ब्यक्ति,सहजकर्ता,उत्प्रेरक,प्रवर्तक, खोजकर्ता,पुर्ण मानवको निर्माता,बच्चालाई खुशी राख्ने ब्यक्ती, विद्यार्थीको पन्ना(पन्ना पढ्ने ब्यक्ती तथा विद्यार्थीको प्रकृति थाहाँ पाउने ब्यक्ती,अध्यापक, वालवालिकाको भविश्य निर्माणको संवाहक र सेतु समेतका रुपमा लिन सकिन्छ । जस्ले वालवालिकाको छाना,माना तथा नानाको सवाल तथा गास,बास र कपास समेतलाई गुण योग्य र परिणाममय बनाउन ग्यारेन्टी समेत लिने गर्नु भएको हुन्छ । शिक्षाले ब्यक्तिलाई आदर्श बनाउन सहयोग गर्दछ तसर्थ शिक्षा आदर्श ब्यक्ती निर्माणको संवाहक समेत हो भने त्यस्को सम्प्रेषण कर्ता चाहि हाम्रा गुरुबारगरुमा नै हुनुहुन्छ।
शंकर लामिछानेले भने जस्तो सरल वाक्य सबै भन्दा जटिल हुन्छ त्यस्तै यहाँ त्यति सजिलो छैन की शिक्षक शब्दको अर्थ यही हो भनेर भन्न। शिक्षक एक आफैमा एक आम मानिस पनि हो,सर्वसाधारण पनि हो, तथा नागरिक पनि हो। जो तीनवटा ुपु प्रविधि,पेडागोजी र परिवर्तित ज्ञानको ज्ञाताबाट समेत परिचित हुनुहुन्छ। त्यस्तै भनिन्छ शिक्षक उड्यो भने विद्यार्थी दौड्छ, शिक्षक दौड्यो भने विद्यार्थी हिड्छ, शिक्षक हिड्यो भने विद्यार्थी बस्छ, शिक्षक बस्यो भने विद्यार्थी सुत्छ,शिक्षक सुत्यो भने विद्यार्थी मर्छ। यसबाट पनि हामी के कुरा बुझ्द्छौ कि शिक्षकको भुमिका र उस्को शिक्षण सिकाइ सहजिकरणमा पर्ने खाचो कति हुदो रहेछ भन्ने प्रसंग।
आजको दिनमा शिक्षा र शिक्षण सिकाइ सहजसकरण संग सम्बन्धित विभिन्न वादहरुको आफ्नै प्रकृतिको विस्लेश्ण हुने गरेको छ जस्तै प्रकृतिवादका अनुसार शिक्षक अवलोकणकर्ता र मञ्च जिर्माता हो, यथार्थवादका अनुसार शिक्षक कक्षा कोठामा वास्तविक ज्ञान प्रदान गर्ने ब्यक्ति हो त्यस्तै आदर्शवादले शिक्षक विचार खन्याउन सक्ने ब्यक्ति हो भनेको छ त्यस्तै प्रयोगवादले समस्या समाधानको परामर्शदाता हो भनेको छ भने अस्तित्ववादले विद्यार्थीलाई आत्मअनुभुति प्राप्तिका कार्यमा सहयोग पुर्याउनु हो भन्ने अर्थ लगाउछ त्यस्तै प्रतीकात्मकवादका अनुसार शिक्षक चेतना र अभिप्रायमा केन्द्रित पात्र भएको ठहर गरेको छ भने प्रकूतिवादले सिकारुलाई सिर्जनशील बनाउने ब्यक्तीका रुपमा लिएको छ।
साच्ची नै आज हामी धेरै वहकियका र भावनामा बग्ने गरेका छौ जस्ले आज आम असल र पेसा प्रति कर्मठ तथा निष्ठावान शिक्षक मित्रहरुको मुटुमार आत्ममा नै चोट पुग्ने गरि केही शिक्षकहरुले शिक्षा ऐन तथा नियमावली तथा शिक्षा सम्बद्ध कानुन तथा कानुनको पनि कानुनको दिनदाहारै धज्वी उडाएका छौ सो कार्यले आजको प्रविधिमा आधारित गुणमा आधारित गुणस्तरिय शिक्षाको परिकल्पना गर्दै आफ्नो सुनौलो भविश्यको खोजिमा कर्म गरिरहेका ती कलिला वालवालिकाहरुको शिक्षा आर्जन गर्ने संबैधानिक हक प्रदत अधिकार समेत कुञ्चित हुनु र बनाइनु एक दुखद पक्ष हो जो कार्य विद्यार्थीको शिक्षा आर्जनको पाटोलाइ हेर्दा कागलाइ वेल पाक्यो हर्ष न विस्मात भने झै हुन पुगेको छ जो अत्यान्त दुखद र मर्मस्पर्शी पक्ष हो।
हाम्रा केहि पेसागत ब्यबहारमा हुने कुकर्मका कारण आजको विज्ञान तथा प्रविधिको जमानाको शिक्षा सम्प्रेषण गर्दै गरेका तनाम शिक्षकहरु आफ्नै विभिन्न दुसित शब्दहरुबाट उत्पिडणको सिकारमा पर्नु एक दुखद र पिडाको सवाल हो।आज केही शिक्षकहरुले आफुले आफैलाई हेर्ने र वुझ्ने तरिका, उहाहरुले आझ्नो पेसाको वारेमा प्रयोग गर्ने भाषिक त्रुटि, निति र विधि भन्दा कसैको स्वार्थको लागि आफ्नो वेकामे प्रस्तुति, राज्यले उहाहरुलाई प्रदान गरेको पोशाक र सेवुसविधा, शिक्षण पेसाकर्मीहरुको वृती विकास तथा विवृतिवरण,समाजको शिक्षक प्रतिको हेर्ने कर्के नजर, र समाजमा हुने प्रस्तुति आदिका कारण शिक्षक पेशा आज सोचि जस्तो हुन नस्कनु एक दुखद पक्ष हो।
उता राज्य पक्षबाट भने शिक्षामा चायजति वजेटको ब्यबस्थापन गर्न नसकेको कुरा सहि सत्य त हो नै जस्का पछाडी शिक्षक मित्रहरुको शिक्षण पेसामा विताउने र गर्ने कर्मलाई प्रमुखरप्रदान मान्य हो भने हाम्रो देश नेपालमा सबै भन्दा बढी सेवा सुविधा तथा तलब भत्ता शिक्षण कर्मीकै हुनुपर्छ भन्नेमा कसैले विवाद गर्नु पटकै युक्ति संगत होइन जस्ले गुणस्तरिय शिक्षा प्राप्तिमा एक कडि ओघट्न सकोस।अर्को महत्वपुर्ण पक्षको कुरागर्दा हामी धेरै कुरामा अतितमुखी र काल्पानिक छौ तर हिजो हामीले पढेका ती विद्यालयहरु, ती शिक्षक तथा गुरुहरु, ती वालापनलाई स्मरण गर्ने हो भने हामीलाइ हाम्रा औला तथा हात समातेर शिक्षा दिलाउने तिनै गुरुहरुकै कारणले नै त होला आज ति गरिव र नहुनेखाने गर्गका मानिसहरुले नेपाल सरकारको मुख्य सचिब पदको प्राप्ती तथा राष्ट्र हाक्नेहरुको पदपोष्टको प्राप्तीको एक मात्र कारण कि कसो ? अनि तिनै पद र पोष्टका कर्मचारीहरुको संकुचित विचार र वर्गीय सोचका कारण आज करिब ३६००० हजार विद्यालयहरुमा शिक्षण गर्दै आउनु भएका लाखौ शिक्षकहरुको मातृ शिक्षा ऐन तथा नियमावली उक्त पेसा कर्मीका लागी सबै भन्दा बाधक सावित भएको छ जो कार्यको जति निन्दा र विरोध गरेपनि सायद अपुरो नै हुन्छ होला। आज वि।स २०२८ साल तिर प्रमाणीकरण गरेको शिक्षा ऐन आजको दिन सम्म लागु भैरहेको छ त्यस्तै २०५९ सालमा पारित भएको शिक्षा नियमावली आजको दिनमा नेपालको संविधान स्वाउदो बनाइएको छैन उता राष्ट्रिय शिक्षा निति बर्गीय सोचबाट ओतप्रोत छ यी सबै कारणको एक मात्र कम्जोरी पक्ष चाहि राज्यले शिक्षा क्षेत्रलाई हेर्ने नजर र समाजवाद उन्मुख शिक्षा विकास र निर्माणको एजेण्डा प्रतिको ब्यवास्था सिवाय अरु केही हुन सक्दैन। आज नेपालमा नेपालको संविधानको घोषण भएकको करिब ६ वर्ष पुगिसक्दा समेत शिक्षा समबद्ध ऐन कानुन तथा निति नियमहरु उक्त संविधान र परिस्थिति बदलिएको नेपाली माटो र जनमन युक्त नहुनमा के शिक्षामा क्रान्तिका सवालहरु आफ्ना चुनावका ताक घोषणा पत्रहरुमा राख्ने ती राजनैतिक दलहरु प्रति जनता र शिक्षा कर्मीँहरुको मन र मुटू ओभाना होलान तरु यो त बहसकै सवाल हो ।
हामी संस्कार र शैली सिकाउने लुप्त पाठ्यक्रम बुझेका शिक्षाकर्मीहरु म वादी चिन्तन र घमण्डबाट ओतप्रोत छौ। के साच्चै त्यही शैली र प्रणालीबाट अगाडी बढेको खण्डमा हाम्रो पेसा तथा शिक्षामा आमुल परिवर्तन गर्न सकिला तरु आज जता हेर्यो शिक्षा प्रणालिमा कहि न कतै खोट र त्रुटि छन कतै शिक्षकलाई मास्टर भनिन्छ, कतै माइठर त कतै धर्के आदि नामले पुकारिन्छ त्यसमा प्रमुख वाधक र ब्यबधान चाहि केही स्थायी कर्मचारी हु भन्नेकै बढी हात छ। मैले काम नगरेपनि हुन्छ म त स्थायी हु मेरो जागिर कोले हो र खाने, मेरो त पावर र शक्ति छ भन्दै आफ्नो पेसाको मानहानी भएको समेत हिसाबकित नराख्नुले आजको दिनमा शिक्षा एक तह तल खुस्किन पुगेको छ जहाँ निश्चित संस्कार र सभ्यताको खाचो छ ।
अर्को पक्ष चाहि संघिय, प्रदेश तथा स्थानिय तहमा निति नियाम तथा निर्णय गर्ने बडिले उन्नत शिक्षाको वारेमा आजको माटो र अवस्था सुवाउदो शिक्षाको वारेमा सोच विचार र मनन गरेर सोहि अनुसारको शिक्षा ऐन, नियमावलीमा ब्यापक हेरफेर गरेर शिक्षकहरुको वृतिविकास तथा सेवासुविधाको सवालमा समाजवाद उन्मुख शिक्षा प्रणालीले कल्पना गनेको धेहलाई आत्मसाथ गरि शिक्षक कर्मचारी माथि हुने गरेको बर्गीय सोच र उत्पिडण प्रति गम्भिर चासो र चिन्तन गर्नु आजको आवश्यक्ताको विषय बनेको छ भने शिक्षक एक आफैमा एक नमुना तथा कुशल पेसाकर्मीको रुपमा परिचित हुन आफु स्वामले आफना नानी देखि लागेका बानी तथा ब्यबहारमा चमतकारिता ल्याई सार्थकता दिन सकेको खण्डमा तथा शिक्षाको स्तर र विचार चिन्तनमा उचाइ आएको खण्डमा तथा समाजको त्यो कर्के नजरमा परिवर्तन गर्न सकेको खण्डमा निश्चय नै शिक्षा र शिक्षक माथि हुने गरेका थिचोमिचो तथा उतपिडणलाई केही हद सम्म न्यूनिकरण गर्न सकिन्छ ।
(लेखक शिवालय गाँउपालिकामा शिक्षा युवा तथा खेलकुख शाखा प्रमुख तथा शिक्षा अधिकृत छैटौ पदमा कार्यरत हुनुहुन्छ ।)